युनाइटेड भलिबल कपको तयारी तिब्र, विजेतालाई १ लाख ११ हजार १ सय ११

पाेखरा | मंसिर १६, २०७९

युनाइटेड भलिबल कपको तयारी तिब्र, विजेतालाई १ लाख ११ हजार १ सय ११ PHOTO: SANDESH BARAL

पोखरा:  आगामी २२ गतेदेखि पोखरा महानगरपालिका ३ स्थित छन्त्याल समाजको भलिबल कोर्टमा आयोजना हुने भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।

 

युनाइटेड पोखरा क्लबको आयोजनामा हुने ‘युनाइटेड पोखरा भलिबल कप’ को तयारी तिब्रपारिएको क्लबका अध्यक्ष अनिल गुरुङले जानकारी दिए ।

 

उनका अनुसार सो प्रतियोगिताको पुरुष तर्फको विजेताले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरि उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु  ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् । 

 

उनले महिला तर्फको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ४४ हजार ४ सय ४४ तथा उपविजेताले ३० हजार ३० रुपैयाँ प्रदान गर्ने बताए ।

 

भलिबल खेलको विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताबाट संकलित रकममध्ये केही अनाथ बालबालिका, वृद्धाश्रममा सहयोग गरिने आयोजकले जनाएको छ ।

 

टिम दर्ता आगामी मसिंर २१ गते साझँसम्म टिम दर्ता गर्न सकिने बताइएको छ ।

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्