स्याङ्जा २ (क) मा कांग्रेसका अर्याल निर्वाचित
स्याङ्जा | मंसिर १६, २०७९
तस्बिर फाइल
स्याङ्जाः स्याङ्जा निर्वाचन क्षेत्र नं.२ (क) मा नेपाली काँग्रेसका भोजराज अर्याल निर्वाचित हुनु भएको छ । अर्यालले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहन प्रसाद रेग्मीलाई दुई हजार ७३० मतान्तरले पछि पार्दै निर्वाचित हुनु भएको हो ।
अर्यालले १५ हजार १६१ मत ल्याउनु भयो भने रेग्मीले १२ हजार ४३१ मत ल्याउनु भयो । रेग्मी गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य समेत रहनु भएको छ । रेग्मीले २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढी मतान्तरले विजयी हुनु भएको थियो । विवादका कारण मतदान भएको १० दिन पछि यो क्षेत्रका मतगणना भएको हो ।
तनहुँ: तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए । ...
काठमाडौं: नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंहसहित चार जनाविरुद्ध १३ लाख ९३ हजार ६०३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग ...
पोखरा: अमरसिंहचौरमा आज (मंगलबार)देखि युनाईटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । विभिन्न समुदायका बाजागाजा, झाँकी र र्यालीसहित अमरसिंहचौरमा आगामी माघ ११ ...

