समानुपातिक निर्वाचनतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा
काठमाडाैं | मंसिर १५, २०७९
काठमाडौंः प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ४६ हजार आठ सय १७ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ ।
निर्वाचन आयोगले अपराह्न ४ः०० बजे सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६१ हजार छ सय ४८ मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो ।
प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा विजयी नेपाली कांग्रेस २६ लाख ३० हजार एक सय ४१ मत प्राप्त गरी समानुपातिकातर्फ दोस्रो स्थानमा रहेको छ ।
यसैगरी ११ लाख ६० सात सय ८३ मत प्राप्त गरी नेकपा (माओवादी केन्द्र) तेस्रो र ११ लाख १४ हजार दुई सय ५८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहन सफल भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८४ हजार नौ सय ६९, जनता समाजवादी पार्टी ९जसपा० चार लाख २० हजार सात सय ५० र जनमत पार्टी तीन लाख ९४ हजार एक सय २९ मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन् । थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको तीन प्रतिशत ल्याउनु पर्नेछ ।
प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ १० स्थानमा विजयी नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९३ हजार नौ सय पाँच मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार पाँच सय ६५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एक लाख ६७ हजार एक सय २० र नेपाल मजदुर किसान पार्टीले ७५ हजार छब्बीस मत प्राप्त गरको छ । समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।
पोखरा: ‘मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३’ को उपाधि मिस्टर बिश्वकर्मा तर्फ निश्चल सुनार र मिस बिश्वकर्मा तर्फ स्वेक्षा विश्वकर्माले जितेका छन् । उनीहरुले विभिन्न प्रतिस्पर्धात्मक चरण पार गर्...
काठमाडौं: नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भोलि मंगलबारसम्मका लागि लम्बिएको छ । दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन भोलिसम्म चल्ने साथै नयाँ नेतृत्व चयनका लागि...
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको का...

