प्रतिनिधिसभा सदस्यमा १९ प्रतिशत आदिवासी जनजाति निर्वाचित

काठमाडाैं | मंसिर १५, २०७९

प्रतिनिधिसभा सदस्यमा १९ प्रतिशत आदिवासी जनजाति निर्वाचित

काठमाडौंः   यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म १६२ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । दोखलाका १० मतदान केन्द्रमा आज पुनः मतदान जारी छ भने स्याङ्जामा मतगणना जारी छ ।  हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा निर्वाचित ३२ जना अर्थात् करिब १९  प्रतिशत आदिवासी जनजाति हुनुहुन्छ ।

 

जसअनुसार नेकपा (एमाले)का तर्फबाट धनकुटा–१ बाट राजेन्द्रकुमार राई, पाँचथर–१ बाट वसन्तकुमार नेम्वाङ, सोलुखुम्बु–१ मा मानवीर राई, खोटाङ–१ मा रामकुमार राई, इलाम–२ बाट सुवास नेम्वाङ, झापा–४ बाट लालप्रसाद साँवा लिम्बू निर्वाचित हुनुभएको छ । साथै, एमालेका तर्फबाट सिराह–३ बाट लिलानाथ श्रेष्ठ, काठमाडौँ–९ बाट कृष्णगोपाल श्रेष्ठ, ललितपुर–२ बाट प्रेमबहादुर महर्जन, कास्की–१ बाट मनबहादुर गुरुङ, लमजुङ–१ बाट पृथ्वीसुब्बा गुरुङ, कञ्चनपुर–१ बाट तारा लामा तामाङ गरी जम्मा १२ जना निर्वाचित हुनुभएको छ ।
 

प्रतिनिधिसभा सदस्यमा आदवासी जनजातिमा नेपाली कांग्रेसका तर्फबाट तेह्रथुम–१ मा सीता गुरुङ, मोरङ–१ मा डिगबहादुर लिम्बू, रामेछाप–१ मा पूर्णबहादुर तामाङ, मनाङ–१ मा टेकबहादुर गुरुङ, म्यादीमा खमबहादुर गर्बुजा (खम्बीर) र मुस्ताङ–१ मा योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ । 


नेकपा (माओवादी केन्द्र)का बाट भोजपुर(१ मा सुदन किराँती, काभे्रपलाञ्चोक(१ मा सूर्यमान तामाङ (दोङ), नुवाकोट–१ मा हितबहादुर तामाङ, रुकुमपूर्व–१ मा पूर्णबहादुर घर्तीमगर, रोल्पा १ मा वर्षमान पुन, हुम्ला १ मा छिरिङ डम्डुल लामा (भोटे) निर्वाचित हुनुभएको छ ।


त्यसैगरी नेकपा (एकीकृत समाजवादी)का तर्फबाट डोटी–१ मा प्रेमबहादुर आले, डोल्पा(१ मा धनबहादुर बुढा, बारा-४ मा कृष्णकुमार श्रेष्ठ, डोल्पा–१ मा धनबहादुर बुढा, दैलेख-१ मा अम्मरबहादुर थापा गरी पाँच जना सदस्य हुनुहुन्छ । 


राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झापा–१ मा राजेन्द्रप्रसाद लिङ्देन र जनता समाजवादी पार्टी, नेपालका तर्फबाट सुनसरी–१ मा अशोककुमार राई निर्वाचिन हुनुभएको निर्वाचन आयोगले जनाएको छ । 


राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ–८ मा विराजभक्त श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ बाट निर्वाचित रञ्जिता श्रेष्ठ पनि आदिवासी जनजाति हुनुहुन्छ ।

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्