पर्वतीय महोत्सवको तयारी: ‘वुमेन मुभ माउन्टेन्स्’
पाेखरा | मंसिर १३, २०७९
पोखरा: एनएमएले ‘वुमेन मुभ माउन्टेन्स्’ नारासहित पोखरामा आयोजना हुने ७ औं अन्तरराष्ट्रिय पर्वतीय महोत्सवको तयारी थालेको छ ।
आगामी मंसिर २४ र २५ गते पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय संग्रहालय रातोपैह्रोमा आयोजना हुने महोत्सवको तयारी तिव्र पारिएको आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
नेपाल पर्वतारोहण संघले अन्तरराष्ट्रिय पर्वतीय दिवसको अवसरमा दुईदिने कार्यक्रम आयोजना गर्ने तयारीमा रहेको महोत्सव संयोजक ठाकुरराज पाण्डेले बताए ।
उनका अनुसार सो महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसंगको सहकार्यमा सगरमाथा आधार शिविर व्यवस्थापनसम्बन्धी अन्र्तक्रिया, नविनतम् प्रविधिमा उत्पादित वस्तुहरुको प्रदर्शनी, परम्परागत खेल छेलो तथा आर्चरीको आयोजना गरिने छ ।
उनले उक्त महोत्सवमा पर्वतीय वृत्तचित्रहरुको प्रर्दशनी, पर्वतीय पर्यटनसम्बन्धी अन्र्तक्रिया कार्यक्रम, पर्वतीय विषयमा आधारित प्रतिस्पर्धात्मक चित्रकला कार्यक्रम र बाल क्लाइम्बिङ अन्र्तगत बोल्डरिङ खेल प्रर्दशनी गरिने जानकारी दिए ।
निशुल्क प्रवेश पाइने सो महोत्सवमा करिब ३० लाख खर्च हुने आयोजनकले जनाएको छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

