देशभर चिसो बढ्दै, आवश्यक सावधानी अपनाउन अनुरोध
काठमाडाैं | मंसिर १३, २०७९
काठमाडौं: हाल देशमा उल्लेखनीय मौसम प्रणाली नरहेपनि जाडो मौसम (विन्टर सिजन) सुरु हुनै लागेकाले चिसो क्रमशः बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार नेपालमा तत्कालै अन्य किसिमको मौसमी प्रणाली विकसित हुने देखिएको छैन । यद्पि, ‘पोष्ट’ मनसुनको अन्त्यमा आइसकेको र ‘विन्टर’ पनि सुुरु हुनेक्रममा रहेकाले चिसो क्रमशः बढ्नेछ । “चिसो बढिरहेको छ, पहाडी र हिमाली भेगमा आंशिक बदलीको सम्भावना छ, तर वर्षा या हिमपातको सम्भावना छैन”, मौसमविद् श्रेष्ठले भन्नुभयो ।
नेपालमा सामान्यतयाः डिसेम्बर १ देखि फेब्रुअरी अन्तिमसम्मको अवधिलाई जाडो मौसम मानिन्छ । काठमाडौँ उपत्यकामा बिहानीपख हल्का हुस्सु÷कुहिरो लाग्ने गरेकाले पछिल्ला दिनमा बढी चिसो महशुस गरिएको छ । बिहान केही समय कुहिरो लागे पनि एक देखि दुई घण्टामा उक्त कुहिरो हटेर पारिलो घाम लाग्ने गरेको छ । दिनभर घाम लाग्ने र रातमा आकाश खुला हुने भएकाले पनि चिसो बढिरहेको मौसमविदको भनाइ छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै तराई भू–भागमा हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध गरेको छ ।
आज दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यताया सफा रहनेछ । राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा आंशिक बदली तथा बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । भोलि मङ्सिर १४ गते पनि देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

