एभरेष्ट एफएमले मानवसेवा आश्रम पोखरामा ‘एभरेष्ट कक्ष’ निर्माण गर्ने, पहिलो किस्ताबापत एक लाख हस्तान्तरण
पाेखरा | मंसिर १२, २०७९
पोखरा: कास्कीको पोखरामा रहेको एभरेष्ट एफएमले मानवसेवा आश्रम पोखराको भवन निर्माणका लागि सहयोगको घोषणा गरेको छ ।
एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमको हालै सम्पन्न दोश्रो वार्षिकोत्सवका अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रममा ‘एभरेष्ट कक्ष’ नै निर्माण गर्नेगरी सहयोगको घोषणा गरेको हो ।
एमफएमले एक कोठा निर्माणका लागि ५ लाख ११ हजार १११ रुपैयाँ दिने प्रतिबद्धता जनाएको आश्रमका केन्द्रिय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार सो रकममध्य एफएमले पहिलो किस्ता स्वरुप रु एक लाख एक रुपैयाँ हस्तान्तरण गरिसकेको छ । एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले आश्रमका कोषाध्यक्ष तिमिल्सिनालाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।
आश्रमले बेसहारा, बेवारिसे तथा अभिभावकविहिन सडकआश्रित मानवहरु राख्नका लागि पोखरामा भवन निर्माण गरिरहेको छ । गुरुङले सडकआश्रित मानवहरुका लागि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
यसअघि एफएमको शुभारम्भका अवसरमा २०७७ सालमा पनि रेडियोले मानवसेवा आश्रम पोखरालाई रु एक लाख ८ हजार ८४८ सहयोग गरेको थियो । यस्तै एफएमका प्रमोटर तथा सिटिजन फर्निचर ट्रेड लिंकका प्रोप्राइटर दीपक कार्कीले पनि रेडियोको परोपकारी कामबाट प्रभावित भई मानवसेवा आश्रमका लागि थप अर्को एउटा कक्ष निर्माण गर्ने घोषणा गर्नुभएको छ । पोखरा महानगरपालिका २५ हेम्जास्थित बाबियातरामा सञ्चालित आश्रमको अहिले भवन निर्माणाधिन अवस्थामा छ ।
यसैबीच आश्रमको भवन निर्माण सम्पन्न गर्न र अक्षयकोष श्रीवृद्धिका लागि पोखरामा आउँदो पुष १२ गते चर्चित व्याण्डको ‘नेपथ्य लाईभ कन्सर्ट’ हुँदैछ । ‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

