अन्नपूर्ण १०: पदभार ग्रहण गर्दै गुरुङले भने- ‘हिजो म थिए अब हामी भनेर काम गर्छु’

कास्की | जेठ १२, २०७९

अन्नपूर्ण १०: पदभार ग्रहण गर्दै गुरुङले भने- ‘हिजो म थिए अब हामी भनेर काम गर्छु’

कास्की:    कास्कीको अन्न्पूर्ण गाउँपालिका १० का नवनिर्वाचित वडाध्यक्ष गौतम गुरुङले पदभार ग्रहण गरेसँगै शासक नभई जनताका सेवक भएको बताएका छन् । 

 

उनले कुनै पार्टीबाट निर्वाचित भएपनि अब सबै जनताको साझा जनप्रतिनिधि भएको धारणा राखे । ‘चुनाव लड्दा जुनसुकै पार्टीबाट आएपनि अब निर्वाचित भैसकेको छु, उनले भने, ‘हिजोका दिनमा म भन्ने थियो अब वडामा आएपछि हामी भन्ने भावनाबाट काम गर्नेछु ।’

 

उनले निर्वाचनको समयमा घोषणा गरेका प्रतिवद्धतालाई अक्षरश कार्यान्यवन गर्ने बताए । उनले आम नागरिकलाई सरल सेवा प्रदान गर्ने बताउदै  सामाजिक सुरक्षा भत्ता अन्तर्गतको जेष्ठ नागरिक भत्ता गाउँपालिका र स्थानिय बैंकसँग समन्वय गरि वृद्व, वृद्वा तथा अपांगहरुलाई टोल–टोलमा वितरण गर्ने प्रतिवद्धता जनाए ।  

 

अध्यक्ष गुरुङले नागरिकलाई प्रदान गरिने दैनिक सेवासँगै विकास निर्माणका कार्यहरुलाई समेत पहिलो प्राथमिकता राखिएको जानकारी दिए । उनका अनुसार सिवै देखि कलाभिरको सडक स्तरोन्नती गर्ने, सिवै घुम्तीदेखि विकासडाँडासम्म पिच गर्न पहल गर्ने, घान्दु्रकमा कोइवोधि निर्माणमा पहल गर्ने, निर्माणाधिन स्वास्थ्य चौकीलाई यथाशिघ्र सम्पन्न गरि सञ्चालनमा ल्याउने, खोलोभ्रो बसपार्क तथा गाउँको ढलको व्यवस्थापन गर्ने, बस्ती भित्र आवश्यक सिँढीहरु निर्माण गर्ने, स्थानीयहरुलाई उत्पादनमुखी कार्यमा अभिप्रेरित गर्ने, शवदाह स्थल निर्माण गर्ने, कोटगाउँ लगायतमा खानेपानीको व्यवस्थापन गर्ने, एक घर एक धाराको अभियान हरेक टोलमा सम्पन्न गर्ने लगायतका कार्ययोजनाहरु अघि सारिएको छ ।


 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्