स्याङ्जा-१ मा कांग्रेसका थापा विजयी

स्याङ्जा | मंसिर ९, २०७९

स्याङ्जा-१ मा कांग्रेसका थापा विजयी

स्याङ्जा:   स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाबाट थापाले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई पराजित गर्नुभएको छ । थापाले दुई हजार चार सय ५५ मतान्तरले मरासिनीलाई पराजित गर्नुभयो । 


थापाले ३१ हजार नौ सय ९९ मत पाउँदा उहाँका प्रतिस्पर्धी मरासिनीले २८ हजार सात सय ४४ मत प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले छ हजार ६५ मत प्राप्त गर्नुभएको हो ।


थापा र मरासिनीबीच तेस्रो पटक प्रतिस्पर्धा भएको हो । स्याङ्जा क्षेत्र नं. १ मा २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका थापा विजयी हुनुभएको थियो । विसं २०७४ को निर्वाचनमा एमाले नेता मरासिनी विजयी हुनुभएको थियो । स्याङ्जा–१ (१) मा नेकपा एमालेका सुधीरकुमार पौडेल विजयी हुनुभएको छ । १ (२) मा नेकपा एमालेकै सीता सुन्दास विजयी हुनुभएको छ ।

काठमाडौं:     राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको बताउनुभएको छ । “लोकतन्त्रमा शासन प्रणालीलाई  पारदर्शी तथा जवाफदेही बना...

थप पढ्नुहोस्

पोखरा:   ‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा पोखरा मोबाईल टावरले साथ दिने भएको छ ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस् ...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले कार्यान्वयन हुने खालको नीति कार्यक्रम र बजेट ल्याउने तयारीमा आफू जुटेको बताउनुभएको छ ।  शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्...

थप पढ्नुहोस्