कास्की ३ मा एमालेका पौडेल विजयी
पाेखरा | मंसिर ९, २०७९
तस्बिर फाइल
पोखराः प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दामोदर पौडेल (बैरागी) विजयी हुनुभएको छ ।
मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार पौडेलले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामजीप्रसाद बराललाई पाँच हजार चार सय ४५ मतान्तरले पराजित गर्नुभएको थियो ।
पौडेलले २२ हजार नौ सय ८० मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार बरालले १७ हजार पाँच सय ३५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका योगप्रसाद पौडेलले १२ हजार एक सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीले दुई हजार चार सय ४२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सो क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्थ्यो । कास्की क्षेत्र नं ३ मा कुल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा ६१ हजार दुई सय ८१ मत खसेको थियो ।
पोखरा: कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्त...
आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...
नवलपुरमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् । गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२ नम्बरको ...

