चुनाव हारेपछि उम्मेदवारका समर्थकले पूर्व जिल्ला सभापतिको घरमा नारावाजी र तोडफोड

पाेखरा | मंसिर ८, २०७९

चुनाव हारेपछि उम्मेदवारका समर्थकले पूर्व जिल्ला सभापतिको घरमा नारावाजी र तोडफोड

पोखराः  कास्की कांग्रेसका पूर्व जिल्ला सभापति कृष्ण केसीको घरमा उम्मेदवार किशोरदत्त बराल र दीपक गुरुङका समर्थकले नारावाजी गरेका छन् । 


मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा  कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरदत्त बराल र प्रदेशसभा सदस्य (ख) का उम्मेदवार दीपक गुरुङ ( माइला) पराजित भएपछि उनीहरुका समर्थकले कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसीको घरमा नारावाजी गर्दै तोडफोड गरेका छन् । 


कृष्ण केसीका समूहले चुनाव हराउन खेल खेलेको भन्दै उम्मेदवारका समर्थकहरुले नारावाजी गर्दै केसीको घरमा तोडफोड गर्दा झ्यालको सिसा फुटेको केसीका छोरा सरोज केसीले जानकारी दिए । नारावाजी र होहल्ला भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलिले भिडलाई तितरबितर पारेको छ । 

पोखरा:  वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।    नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानला...

थप पढ्नुहोस्

काठमाडौं:   उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।   विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसह...

थप पढ्नुहोस्

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...

थप पढ्नुहोस्