वर्तमान सत्ता समिकरण पुरै अवधि चल्छ: प्रधानमन्त्री प्रचण्ड

कैलाली | बैशाख ९, २०८१

वर्तमान सत्ता समिकरण पुरै अवधि चल्छ: प्रधानमन्त्री प्रचण्ड

धनगढीः  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले वर्तमान सत्ता समीकरण पूरै समयावधि चल्ने बताउनु भएको छ ।

 

प्रेस सेन्टर कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले बाहिर चलेका हल्लाका पछाडि लाग्न हुँदैन, सत्ता समीकरण पुरै समयावधि जाने बताउनुभयो । 

 

उहाँले प्रदेश सरकार गठन अन्तिम चरणमा पुगेको बताउनु हुँदै अव प्रदेश सरकार बलियो भएर अघि बढ्ने बताउनुभयो ।

 

प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्ता समीकरण वामपन्थी र गैरवापन्थी दलहरुको भएको बताउनुभयो।

 

अहिले वाम एकता भन्नु सही पनि छैन, वामपन्थी समीकरण भनेर सत्ता समीकरण गरिएको पनि होइन, यो राजनीति समीकरण मात्र हो,  राम्रो काम हुँदै गयो, समझदारी बन्दै गयो भने वामपन्थी एकताको सम्भावना पनि छ उहाँले भन्नुभयो  । 

 

प्रधानमन्त्री प्रचण्डले कतारका राजाको नेपाल भ्रमण, लगानी सम्मेलन, ऐन संशोधनको तयारीमा सरकार जुटेको बताउनु भयो । उहाँले आगामी बजेट नयाँ तरिकाले ल्याउने गरि सरकार लागिपरेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड आजै महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

पोखरा:    बैशाख २८ गतेबाट रिलिज हुने नेपाली सिनेमा ‘खजुरे ब्रो’ एक सामाजिक कथा भएको निर्माण पक्षले जनाएको छ ।  विहिबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोज...

थप पढ्नुहोस्

गण्डकीः   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते गण्डकी प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको ...

थप पढ्नुहोस्

काठमाडौंः   डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया भ्रमणमा जाने अन्तिम तयारीमा हुनुहन्थ्यो । तर मुलुकका विभिन्न स्थानका जङ्गल डढेलोले जलिरहँदा उहाँलाई भ्रमणमा निस्कन मन लागेन ।  विदेश जान मरिहत्ते ग...

थप पढ्नुहोस्