माछापुच्छ्रे धितालमा प्रथम वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगिता
युवाहरुलाई संगठित बनाउन प्रतियोगिता आयोजनाः वडाध्यक्ष गौतम
पाेखरा | मंसिर ८, २०७९
पोखराः कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ मा धितालमा प्रथम वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको छ ।
‘खेलकुद एकताको लागि, एकता समृद्धिको लागि’ भन्ने नारासहित माछापुच्छ्रे गाउँपालिका ६स्थित भिंडावारी खेलमैदानमा प्रथम वडाध्यक्ष रनिङ शिल्ड आयोजना गरिएको हो ।
मंसिर २३ र २४ गते सञ्चालन हुने प्रथम वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगितामा सेभेन ए साईड फुटबल प्रतियोतिता, भलिबल, रिले दौड, घैटो फोड, रक्साकस्सी र ठोलो प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक सन्देश अधिकारीले जानकारी दिए ।
संयोजक अधिकारीका अनुसार वडा स्तरीय सेभेन ए साईड फुटबल प्रतियोगितामा प्रथम र द्धितिय हुने समूहले क्रमशः २० र १२ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम र द्धितिय स्थान हासिल गर्ने समूहले क्रमशः २० र १२ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
२ हजार र १ सय मिटर दौड प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समूहले क्रमशः ३ हजार, २५सय र २ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । घैटोफोड प्रतियोगितामा प्रथम हुने समूहले २ हजार प्राप्त गर्नेछन् ।
महिला रस्साकस्सी प्रतियोगितामा प्रथम र द्धितिय हुने समूहले ६हजार ५ सय र ४ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै ठेलो फाल्ने प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समूहले क्रमशः ३ हजार, २ हजार ५ सय र २ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ वडा भित्रको बसोबास गर्ने परिचयपत्रको आधारमा प्रतियोगितामा सहभागिता जनाउन सकिने र प्रतियोगितामा सहभागिता जनाउन कुनै शुल्क नलाग्ने कार्यक्रम संयोजक अधिकारीले जानकारी दिए ।
युवाहरुलाई संगठित बनाउन प्रतियोगिता आयोजनाः वडाध्यक्ष गौतम
माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष टेकनाथ गौतमले वडाभित्र रहेका युवाहरुलाई संगठित गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
‘वडाभित्र रहेका युवाहरुमा आ–आफ्नो प्रतिभा छन्’, उनले भने, ‘युवाहरुको चाहना अनुसार र वडाभित्र छरिएर रहेका युवाहरुलाई संगठित गर्न प्रतियोगिता आयोजना गरिएको हो । युवाहरुलाई गलत कार्यमा लाग्नबाट रोक्न खेलकुद र मनोरञ्जनको भुमिका महत्वपूर्ण छ ।’
वडाध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालक समितिका संयोजक सन्देश अधिकारीले जनप्रतिनिधि र युवाहरुलाई एकतामा बाध्न प्रतियोगिता महत्वपूर्ण हुने बताए ।
‘प्र्रतियोगिताको पहिलो उद्धेश्य युवाहरुमा एकताको सन्देश प्रवाह हो । जनप्रनिधि र युवाहरुबीच एकताको सन्देश दिन वडामा प्रतियोगिता आयोजना गरिएको हो ।’ उनले भने ।
वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको संयोजक अधिकारीले बताए । प्रतियोगितामा सहभागिता हुन वडा नम्बर भित्र बसोबास गरेको प्रमाण पेश गर्नुपर्नेछ ।

पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ । पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापना...
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

