माछापुच्छ्रे धितालमा प्रथम वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगिता

युवाहरुलाई संगठित बनाउन प्रतियोगिता आयोजनाः वडाध्यक्ष गौतम

पाेखरा | मंसिर ८, २०७९

माछापुच्छ्रे धितालमा प्रथम वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगिता

पोखराः   कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ मा धितालमा प्रथम वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको छ । 


‘खेलकुद एकताको लागि, एकता समृद्धिको लागि’ भन्ने नारासहित माछापुच्छ्रे गाउँपालिका ६स्थित भिंडावारी खेलमैदानमा प्रथम वडाध्यक्ष रनिङ शिल्ड आयोजना गरिएको हो । 


मंसिर २३ र २४ गते सञ्चालन हुने प्रथम वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगितामा  सेभेन ए साईड फुटबल प्रतियोतिता, भलिबल, रिले दौड, घैटो फोड, रक्साकस्सी र ठोलो प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक सन्देश अधिकारीले जानकारी दिए । 


संयोजक अधिकारीका अनुसार वडा स्तरीय सेभेन ए साईड फुटबल प्रतियोगितामा प्रथम र द्धितिय हुने समूहले क्रमशः २० र १२ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम र द्धितिय स्थान हासिल गर्ने समूहले क्रमशः २० र १२ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।


२ हजार र १ सय मिटर दौड प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समूहले क्रमशः ३ हजार, २५सय र २ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । घैटोफोड प्रतियोगितामा प्रथम हुने समूहले २ हजार प्राप्त गर्नेछन् । 


महिला रस्साकस्सी प्रतियोगितामा प्रथम र द्धितिय हुने समूहले ६हजार ५ सय र ४ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै ठेलो फाल्ने प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने  समूहले क्रमशः ३ हजार, २ हजार ५ सय र २ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ वडा भित्रको बसोबास गर्ने परिचयपत्रको आधारमा प्रतियोगितामा सहभागिता जनाउन सकिने र प्रतियोगितामा सहभागिता जनाउन कुनै शुल्क नलाग्ने कार्यक्रम संयोजक अधिकारीले जानकारी दिए । 


युवाहरुलाई संगठित बनाउन प्रतियोगिता आयोजनाः वडाध्यक्ष गौतम 


माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष टेकनाथ गौतमले वडाभित्र रहेका युवाहरुलाई संगठित गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । 


‘वडाभित्र रहेका युवाहरुमा आ–आफ्नो प्रतिभा छन्’, उनले भने, ‘युवाहरुको चाहना अनुसार र वडाभित्र छरिएर रहेका युवाहरुलाई संगठित गर्न प्रतियोगिता आयोजना गरिएको हो । युवाहरुलाई गलत कार्यमा लाग्नबाट रोक्न खेलकुद र मनोरञ्जनको भुमिका महत्वपूर्ण छ ।’


वडाध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालक समितिका संयोजक सन्देश अधिकारीले जनप्रतिनिधि र युवाहरुलाई एकतामा बाध्न प्रतियोगिता महत्वपूर्ण हुने बताए । 


‘प्र्रतियोगिताको पहिलो उद्धेश्य युवाहरुमा एकताको सन्देश प्रवाह हो । जनप्रनिधि र युवाहरुबीच एकताको सन्देश दिन वडामा प्रतियोगिता आयोजना गरिएको हो ।’ उनले भने । 


वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको संयोजक अधिकारीले बताए । प्रतियोगितामा सहभागिता हुन वडा नम्बर भित्र बसोबास गरेको प्रमाण पेश गर्नुपर्नेछ । 

 


 

पोखरा:   छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डह...

थप पढ्नुहोस्

मुस्ताङ:  मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...

थप पढ्नुहोस्

तनहुँ: मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् ।  बेलबास दुग्ध उत्पादक सहकारी संस्थ...

थप पढ्नुहोस्