‘नयाँ अनुभव बटुल्न अवसर पाए’: मिना गुरुङ

कास्की | मंसिर ८, २०७९

‘नयाँ अनुभव बटुल्न अवसर पाए’: मिना गुरुङ

पोखरा:  कास्की क्षेत्र नम्बर २ (ख) का नेकपा एमालेकी उम्मेदवार मिना गुरुङले नयाँ अनुभव बटुल्न अवसर मिलेको बताएकी छिन् ।

 

मतपरिणाम सार्वजनिक भएपछि सुनगाभा न्यूजसँग कुरा गर्दै गुरुङले भनिन्, ‘निर्वाचन भनेको हार र जीत नै हुन्छ । यसले गर्दा खेरी ठुलो आशा भनेको जित्ने नै हुन्छ तर हार भनेको सेकेन्ड अप्सन हो । त्यसलाई पनि स्वीकार्नुपर्छ । र आगामी दिनमा कसरी काम गर्नुपर्ने रहेछ भनेर नयाँ अनुभव बटुलेको छु ।’

 

उनले आफु जनप्रतिनिधिको रुपमा निर्वाचित नभएतापनि सदैब आम नागरिक, महिला तथा युवाको पक्षमा काम गर्ने बताइन् । ‘त्यो ठाउँ कानून बनाउने र विकासको काम गर्ने ठाउँ हो । त्यहाँ नभएपनि पहिले जस्तै सामाजिक अभियन्ताको रुपमा काम गर्नेछु, उनले भनिन् ‘महिला तथा युवाहरुको व्यक्तित्व विकास, सीप तथा रोजगारको व्यवस्था र हक अधिकारको क्षेत्रमा काम गर्दै आएको मान्छे हुँ । त्यसैले त्यही भूमीकाबाट सशक्त रुपमा अगाडि बढ्छु भन्ने मेरो आफ्नो संकल्प र प्रतिज्ञा छ ।’

 

उनले मतदाताहरुप्रति आभार प्रकट गर्दै निर्वाचित विन्दु थापालाई व्यक्तिगत स्वार्थमा लिप्त नभइकन राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा काम गर्न आग्रह गरिन् । ‘मेरो प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार विन्दु थापा ज्यूलाई विजेता हुनुभएकोमा हार्दिक बधाई छ । जनप्रतिनिधि भएपछि कुनै पार्टीको भइदैन, उनले भनिन्, ‘त्यसैले शुद्ध जनप्रतिनिधिका रुपमा इमान्दार भएर मेरो र अर्काको नभइकन । कसैको स्वार्थमा लिप्त नभई राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा आफ्नो भूमिका निर्वाह गरिदिनुहुन अनुरोध छ ।’ 

 

निर्वाचन आयोगको तथ्याङ्क अनुसार गुरुङले ७ हजार ९ सय ७१ मत प्राप्त गरेकी थिइन् भने निर्वाचित भएका नेपाली कांग्रेसका उम्मेदवार विन्दु थापाले ९ हजार २ सय ८० मत प्राप्त गरेका थिए । 

 

मिना गुरुङ गण्डकी प्रदेश सभाको संस्थापक सदस्य हुन् ।
 

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्

काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

थप पढ्नुहोस्