कास्की २ मा एमालेकी भट्टराई पुनः निर्वाचित

पाेखरा | मंसिर ८, २०७९

कास्की २ मा एमालेकी भट्टराई पुनः निर्वाचित तस्बिर फाइल

पोखराः   कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित हुनुभएको छ । 

    
उहाँका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गर्नुभएको छ । भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितलाई आफ्नो पक्षमा पार्नुभएको थियो ।  


यसैगरी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालले भने नौ हजार छ सय ५९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहनुभयो । सो क्षेत्रमा ७९ हजार एक सय मतदाता रहेकामा ४९ हजार नौ सय २० मत खसेको थियो । 

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्