विश्वकपः मोरक्को र क्रोएसियाबीचको खेल बराबरी
काठमाडाैं | मंसिर ७, २०७९
काठमाडौंः कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्गत आज भएको समूह एफको खेलमा मोरक्को र क्रोएसियाबीचको खेल बराबरीमा सकिएको छ ।
कतारको अल बायत स्टेडियममा भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।
यस बराबरीसँगै क्रोएसिया र मोरक्कोले समान एक÷एक अङ्क जोडेका छन् । यसै समूहको अर्को खेलमा बेल्जियम र क्यानडाबीच आजै प्रतिस्पर्धा हुनेछ । बेल्जियम र क्यानडाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
त्यसअघि आजै समूह ई मा रहेका जर्मनी र जापानबीच ६ः४५ बजे तथा स्पेन र कोस्टारिकाबीच राति ९ः४५ बजे खेल सुरु हुनेछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

