कर तिरेर असल नागरिकको परिचय दिऔं:  प्रमुख जिल्ला अधिकारी केसी

कास्की | मंसिर ७, २०७९

कर तिरेर असल नागरिकको परिचय दिऔं:  प्रमुख जिल्ला अधिकारी केसी

कास्कीः   आन्तरिक राजश्व कार्यालय पोखराले ११ औं राष्ट्रिय कर दिवस मनाएको छ । ‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमूखी अर्थतन्त्र आधार’ भन्ने मूलनारासहित पोखरामा ११ औं राष्ट्रिय कर  दिवस मनाएको हो । 


मंसिर १ देखि ७ गतेसम्म सप्ताहव्यापी रुपमा मनाइने कर सप्ताह यो वर्ष प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको कारण विभागको निर्देशन बमोजिम आज (मंगलबार) कर सप्ताह मनाएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्र्दै कास्कीका  प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले व्यवसायी कर तिरेर असल नागरिकको परिचय दिन आग्रह गरे । ‘विभिन्न पेशा व्यवसाय अहिले सञ्चालन भइरहेका छन्, उनले भने, पेशा व्यवसाय सञ्चालन गरेबापत राज्यलाई कर तिरेर असल नागरिकको परिचय दिन आवश्यक । राज्यले नियमन गर्न होइन सम्मान गर्ने वातावरण सिर्जना गर्न कर तिरेर असल नागरिकको परिचय दिऔं ।’ 


उनले कास्कीमा कसैले व्यापार व्यवसायमा गर्न सके राज्यको नियम अनुसार सहयोगमा लागि पर्ने बताए । 


यसैगरि उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संजीव कोइरालाले कर सप्ताह कार्यक्रम नगरी प्राथमिक तहदेखि उच्चशिक्षासम्म करमा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने बारे अध्यापन गराउन आवश्यक रहेको उल्लेख गरे ।


‘व्यवसाय गरे कर तिर्नुपर्छ भन्ने अहिले आम नागरिकमा चेतना छ, उनले भने, ‘अब कर सप्ताह दिवस कार्यक्रम मात्र गरेर हुँदैन । प्राथमिक तहदेखि उच्चशिक्षासम्म करमा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न अध्यापनको आवश्यक छ । व्यवसाय सञ्चालनपूर्व करको दायरामा आउन आवश्यक छ ।’


सरकारले करको दायरा नबढाएर करको दर बढाएर व्यवसायीहरुलाई नै अप्ठयारो पार्दै गएको उनले बताए । ‘सरकारले करको दर मात्र बढाएर हुँदैन दायरा बढाउन आवश्यक छ, उनले भने, ‘कसैले ५ महिना देखि ५ वर्षसम्मा पसल व्यवसाय सञ्चालन गरेका हुँदैन । सबै करको दायरामा आउन आवश्यक छ । कर होइन करको दायरा बढाउन राज्यलाई अनुरोध छ ।’


त्यस्तै कार्यक्रममा चेम्बर अफ कमर्श गण्डकीका अध्यक्ष किसान सुनारले समृद्ध देशको परिकल्पना पुरा गर्न कर कार्यालयले चार बुँदामा ध्यान दिनुपर्ने धारणा राखे । ‘करदाता मैत्री कानुन, स्वच्छ सबल, सक्षम कर प्रशासन, इमान्दार करदाता र दिगो प्रभावकारी करनीतिमा ध्यान दिन सके समृद्ध देशको परिकल्पना पुरा हुन सक्छ’ उनले भने । 

पोखरा:  वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।    नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानला...

थप पढ्नुहोस्

काठमाडौं:   उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।   विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसह...

थप पढ्नुहोस्

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...

थप पढ्नुहोस्