बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी

बाग्लुङ | मंसिर ७, २०७९

बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी

ढोरपाटनः   बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ ।

 

बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हीराबहादुर केसीलाई एक हजार चार सय ७९ मतान्तरले पराजित गर्नुभएको छ । थापाले १३ हजार आठ सय ८४ मत ल्याउनुभएको छ भने केसीले १२ हजार चार सय पाँच मत ल्याउनुभएको छ ।

 
बागलुङ–१(२) मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी हुनुभएको छ । सुवेदीले एमालेका नवराज पौडेललाई छ हजार ७५ मतान्तरले पराजित गर्नुभएको छ । सुवेदीले १३ हजार तीन सय २७ ल्याउँदा पौडेलले सात हजार दुई सय ५२ मत ल्याउनुभएको छ । पौडेल स्थानीय तहको निर्वाचनमा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको थियो । उहाँ कांग्रेस बागलुङको निवर्तमान सचिवसमेत हुनुहुन्थ्यो ।

 


बागलुङ–२ (१) मा कांग्रेस बागलुङका अध्यक्ष जितबहादुर शेरचन विजयी हुनुभएको छ । शेरचनले एमालेका साथ पाएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरलाई तीन हजार एक सय  मतान्तरले पराजित गर्नुभएको हो । शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गर्नुभयो । घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बन्नुभएको थियो ।


बागलुङ–२(२) मा कांग्रेसकै दोर्णकुमार कुँवर विजयी हुनुभएको छ । कुँवरले एमालेका लक्ष्मण पुनलाई तीन हजार सात सय ३७ मतान्तरले पराजित गर्नुभएको हो । कुँवरले १२ हजार चार सय आठ मत ल्याउँदा पुनले आठ हजार छ सय ७१ मत ल्याउनुभएको छ । 

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबा...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिका १७ पावरहाउसस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु  भएको छ ।  पावरहाउसस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका नागढुङ्गाक...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्। आइतबार साँझ मुख्यमन्त्री अधिकारीले प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत मात्र खसेको हो। अधिकारीले...

थप पढ्नुहोस्