बागलुङ २: प्रदेशसभा २ मा कांग्रेसका कुँवर विजयी

बाग्लुङ | मंसिर ६, २०७९

बागलुङ २: प्रदेशसभा २ मा कांग्रेसका कुँवर विजयी

ढोरपाटनः   बागलुङ निर्वाचन क्षेत्र नं २ प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुँवर विजयी हुनुभएको छ । कुँवरले नेकपा (एमाले)का लक्ष्मण पुनलाई तीन हजार तीन सय ३७ मतान्तरले पराजित गर्नुभयो । कुँवरले १२ हजार चार सय आठ मत ल्याउँदा पुनले आठ हजार छ हजार ७१ मत प्राप्त गर्नुभएको छ ।


नेपाल दलित पार्टीका टेकप्रसाद कामीले दुई सय ६४, मङ्गोल नेशनल अर्गनाइजेशनका ताराबहादुर घर्तीमगरले दुई सय ३१, जनता समाजवादी पार्टीका गङ्गाबहादुर घर्तीले ३६, स्वतन्त्र उम्मेदवार नरबहादुर गुरुङले तीन सय ३६ र दुर्गादेवी घर्तीमगरले चार मत प्राप्त गर्नुभएको छ ।


निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका पर्ने यस क्षेत्रमा ४१ हजार दुई सय २७ मतदाता रहेकामा २३ हजार तीन सय ३८ मत खसेको थियो ।

पोखरा:     गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो  वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान अर्पण गर्न लागेको हो ...

थप पढ्नुहोस्

सिन्धुली:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताउनुभएको छ । सुनकोशी मरिन ...

थप पढ्नुहोस्

गोरखा:     सहिद लखन गाउँपालिका–८ बुंकटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ ।  जापान सरकारको आर्थिक सहयोगमा करिब रु दुई करोड ८९ लाख लागतमा व...

थप पढ्नुहोस्