तनहुँको २ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको अग्रता कायमै
तनहुँ | मंसिर ६, २०७९
तनहुँ: तनहुँको दुई वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रतिनिधि सभा सदस्यमा क्षेत्र नम्बर १ मा झिनो मतान्तरले अग्रता लिएको छ भने क्षेत्र नम्बर २ मा फराकिलो मतान्तरले अगाडि छ ।
क्षेत्र नम्बर –१ मा सात हजार १७४ मत गणना हुँदा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ९२ बढी मत ल्याएर अग्रता लिनुभएको छ । नेता पौडेलले दुई हजार ४३७ मत पाउनुभएको छ । एमालेका उम्मेदवार एकबहादुर रानाले दुई हजार ३४५ मत ल्याई दोस्रो स्थानमा हुनुहुन्छ ।
क्षेत्र नम्बर २ मा भने फराकिलो मतान्तरले भण्डारी अगाडि हुनुहुन्छ । ४१ हजार ७३३ मत गणना हुँदा भण्डारी तीन हजार ५३१ मतले अगाडि हुनुहुन्छ । भण्डारी १९ हजार २२१ मत प्राप्त गर्नुभएको छ । एमालेका किरण गुरुङले १५ हजार ६९० मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, प्रदेश सभा सदस्यमा पनि सत्ता गठबन्धनको अग्रता लिएको छ । क्षेत्र नम्बर २ को ९क० मा १६ हजार १९ मतगणना हुँदा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले ६ हजार ६३७ मत पाउनुभएको छ । एमालेका श्यामराजा महतले पाँच हजार ९१९ मत पाउनुभएको छ ।
त्यस्तै, (ख) मा ११ हजार ३०८ मत गणना हुँदा कांग्रेसका जितप्रकाश आलेले पाँच हजार ६६२ मत प्राप्त गर्नुभएको छ । एमालेका केदार सिग्देलले चार हजार ८४० मत पाउनुभएको छ ।
क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्यमा समेत सत्ता गठबन्धनले अग्रता लिएको छ । प्रदेश (ख) पाँच हजार ६६९ मत गणना हुँदा माओवादी केन्द्रका हरिबहादुर चुमानले दुई हजार ७२६ मत प्राप्त गर्नुभएको छ । एमालेका पूर्णबहादुर गुरुङले एक हजार ५०२ मत प्राप्त गर्नुभएको छ । (क) तीन हजार १८ मत गणना हुँदा कांग्रेसका अशोककुमार श्रेष्ठले एक हजार २२४ मत पाउनुभएको छ । एमालेका रामबहादुर गुरुङले सात सय ७७ मत पाउनुभएको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

