कास्की क्षेत्र नं १ः मतगणनाको तयारी
पाेखरा | मंसिर ५, २०७९
तस्बिर फाइल
पोखराः कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आइतबार सम्पन्न निर्वाचनको आज विहान ११ बजेबाट मतगणना गर्ने तयारी गरिएको छ ।
यसका लागि बिहान ९ बजे बैठक बोलाइएको र ११ बजेसम्ममा मतगणना थालिसक्ने तयारी भएको कास्की निर्वाचन क्षेत्र नं १ निर्वाचन कार्यालयका सूचना अधिकारी दीपक गिरीले जानकारी दिनुभयो ।
यसअघि जिल्लामा मतगणनालाई व्यवस्थित बनाउन एवं निर्वाचन आयोगको निर्देशन समेतलाई दृष्टिगत गरी मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतसहितको सर्वदलीय बैठक बस्न लागिएको जनाइएको छ ।
क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट किशोरदत्त बराल, नेकपा ९एमाले०का तर्फबाट मनबहादुर गुरुङ, हाम्रो नेपाली पार्टीका तर्फबाट प्रमोद आचार्यलगायतको उम्मेदवारी छ ।
प्रदेशसभा (१) मा गठबन्धनका दीपक कोइराला, नेकपा (एमाले)का खगराज अधिकारी, हाम्रो नेपाली पार्टीका मदन केसीलगायतको उम्मेदवारी छ भने (२) मा गठबन्धनका दीपक गुरुङ(माइला), एमालेका वेदबहादुर गुरुङ लगायतको उम्मेदवारी छ ।
पोखरा: अडिटर एशोसिएसन नेपाल (अडान) कास्कीको आयोजनामा तीनदिने निरन्तर व्यावसायिक शिक्षा (सीपीई) तालिम सम्पन्न भएको छ। तालिम समापन कार्यक्रम अडान कास्कीका अध्यक्ष गुणानिधि पाण्डेको अध्यक्षतामा सम्पन्न भएक...
पोखरा: २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...
काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्। आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्। स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...

