कास्की क्षेत्र नं १ः मतगणनाको तयारी
पाेखरा | मंसिर ५, २०७९
तस्बिर फाइल
पोखराः कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आइतबार सम्पन्न निर्वाचनको आज विहान ११ बजेबाट मतगणना गर्ने तयारी गरिएको छ ।
यसका लागि बिहान ९ बजे बैठक बोलाइएको र ११ बजेसम्ममा मतगणना थालिसक्ने तयारी भएको कास्की निर्वाचन क्षेत्र नं १ निर्वाचन कार्यालयका सूचना अधिकारी दीपक गिरीले जानकारी दिनुभयो ।
यसअघि जिल्लामा मतगणनालाई व्यवस्थित बनाउन एवं निर्वाचन आयोगको निर्देशन समेतलाई दृष्टिगत गरी मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतसहितको सर्वदलीय बैठक बस्न लागिएको जनाइएको छ ।
क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका तर्फबाट किशोरदत्त बराल, नेकपा ९एमाले०का तर्फबाट मनबहादुर गुरुङ, हाम्रो नेपाली पार्टीका तर्फबाट प्रमोद आचार्यलगायतको उम्मेदवारी छ ।
प्रदेशसभा (१) मा गठबन्धनका दीपक कोइराला, नेकपा (एमाले)का खगराज अधिकारी, हाम्रो नेपाली पार्टीका मदन केसीलगायतको उम्मेदवारी छ भने (२) मा गठबन्धनका दीपक गुरुङ(माइला), एमालेका वेदबहादुर गुरुङ लगायतको उम्मेदवारी छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

