चार दशकपछि ‘विदेश जाने मायालु’ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

पाेखरा | मंसिर २, २०७९

चार दशकपछि ‘विदेश जाने मायालु’ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

पोखराः    सन् १९८१ मा रचना गरिएको ‘विदेश जाने मायालु’ गीतकाे चार दशकपछि भिडियो सार्वजनिक भएको छ ।  दीपक थापाको ‘विदेश जाने मायालु’ बोलको गीतको म्युजिक भिडियो  आज ९शुक्रबार० पोखरामा पत्रकार सम्मेलन गर्दै सावर्जनिक गरिएको हो ।


सो कार्यक्रममा बोल्दै गायक तथा रचनाकार दीपक थापाले पहिलो पटक पोखरामै गाएको बताए । उक्त गीत हरेक नेपालीले मन पराएपनि आफुलाई नचिनेको बताए । ‘यो गीत धेरैले मन पराउनु भयो । सबैले गुनगुनाए  तर मेरो हो भन्ने कमैलाई मात्र थाहा थियो । यतिका वर्षपछि भिडियो ल्याएका छौ, उनले भने, ‘सबैले माया गरिदिनुहुनेछ ।’


उनले उक्त गीत काल्पनिक नभएको बताउदै भने, ‘यो गीत मेरै कथामा आधारित हो भन्न सकेको थिएन । कतै कतै मात्र हो भन्थे । हुन त हरेको आफ्नै कथा हुन्छ । सत्य कथामा आधारित हुदा बढी फिल हुनेरहेछ ।’


उनले समय बद्लिएपछि माया गर्ने र विदेशीनेको कथा अझै पनि ताजै रहेको सुनाए । ‘विदेश जाने मायालु’ तीन पुस्ताको कथामा आधारित छ, उनले भने, ‘बच्चा जमन्छ, युवा अवस्थामा माया प्रेम सम्बन्ध हुन्छ, पछि विदेश जान्छ र केही समय पछि भेट हुन्छ । यसरी नै यो गीतले तीन पुस्ताको कथालाई चित्रण गरेको छ ।’


रोहन नेपालीको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा भगवती मल्ल, दीपक थापा, विशाल सारुमगर, सपना क्षेत्री, एरिसा गुरुङ र अनमोल राणाको अभिनय रहेको छ ।

भिडियो:

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्

पोखरा:   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।  रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

थप पढ्नुहोस्

काठमाडौं:   विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ ।   अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

थप पढ्नुहोस्