हलेसीमा पन्ध्रदिने रामनवमी मेला
काठमाडाैं | चैत २७, २०७८
खोटाङः रामनवमीको अवसरमा खोटाङको हलेसीमा पन्ध्रदिने मेला लागेको छ । यहाँ पूजाआजा गर्न भक्तजनको बाक्लो उपस्थिति छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा एक साता अघिदेखि मेला लागेको हो । मेलामा नेपालका साथै छिमेकी देश भारतबाट समेत उल्लेख्य सङ्ख्यामा भक्तजन आएका छन् ।
हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलका अनुसार भक्तजनका कारण मन्दिर आसपासका होटल भरिभराउ छन् । आगामी दिनमा धर्मशाला निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो । नेपाल आयल निगमले समेत हलेसीमा धर्मशाला निर्माण गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले जानकारी दिनुभयो ।
अधिकांश दर्शनार्थीले आफ्नै सवारीसाधन ल्याउने गरेका छन् । यसबाट सवारीसाधन व्यवस्थापनमा समस्या हुने गरेको छ । हलेसी मध्यपहाडी लोकमार्गमा पर्छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विकल श्रेष्ठ मेला व्यवस्थित गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बताउनुहुन्छ । हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानै चट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्वार, स्वर्गद्धार जस्ता विभिन्न द्वार छन् ।
प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमूना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडिपट्टी पर्दछ । घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार जस्तो देखिन्छ । हलेसीमा रामनवमी, शिवरात्री, बालाचतुर्दशी, हरितालिका तीज, बोलबमलगायतमा मेला लाग्छ । मध्यपहाडी लोकमार्गको सुनकोशीस्थित हर्कपुर र दूधकोशीस्थित जयरामघाटमा पक्की पुल बनेसँगै तराईसँगको सिधायातायात जोडिएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

