काठमाडौं १ मा एमालेलाई राप्रपाको सहयोग

काठमाडाैं | मंसिर १, २०७९

काठमाडौं १ मा एमालेलाई राप्रपाको सहयोग

काठमाडौं:  राप्रपा नेपालले काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा नेकपा एमालेका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । यो क्षेत्रमा प्रतिनिधि सभातर्फ नेकपा एमालेका किरण पौडेल उम्मेदवार छन् ।


काठमाडौं १ मा प्रतिनिधि सभा र प्रदेश सभातर्फका दुवै क्षेत्रमा एमालेले उम्मेदवारलार्ई सघाउने सहमति भएको राप्रपा नेपालका काठमाडौं जिल्ला अध्यक्ष श्याम घिमिरेले बताए ।


घिमिरेका अनुसार राप्रपा नेपालकी प्रतिनिधि सभा उम्मेदवार शान्ति केसीको तथा प्रदेशसभा तर्फ १ का द्वारिकानाथ ढुंगाना र २ का उम्मेदवार सबिना श्रेष्ठको पनि उम्मेदवारी निस्क्रिय पारिएको छ ।


उनीहरुको उम्मेदवारी निस्क्रिय पारेर राप्रपा नेपालले प्रदेश सभातर्फ १ का एमाले उम्मेदवार रामप्रसाद अमगाई र २ का उम्मेदवार गणेशप्रसाद दुलाललाई समर्थन गरेको छ ।


राप्रपा नेपालको सहयोग पाएपछि आफूहरु अझै बलियो बनेको एमाले उम्मेदवार पौडेलले बताए । उनले  भने, ‘आज बिहान हामी यसबारेमा टुंगोमा पुगेका हौं, राप्रपा नेपालले सहयोगबाट काठमाडौं १ मा हामी अझै बलियो भएका छौं ।’

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्