‘कुन हो मेरो देश’ वृत्तचित्र सार्वजनिक

काठमाडाैं | कात्तिक ३०, २०७९

‘कुन हो मेरो देश’ वृत्तचित्र सार्वजनिक

काठमाडौं: भुटान सरकारले निर्वासित गरेका एक नेपाली भाषी सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक भएको छ । यो  वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व  क्याप्टेन बुद्धवीर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ । 


क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागि जीवनभर परिश्रम गरेर सबैकुरा दिए तर अन्त्यमा कसरी तत्कालीन भुटान सरकारले उहाँलाई निर्वासित गर्यो भन्ने रहस्य क्याप्टेन सुब्बा र उहाँका परिवारजनले यस वृत्तचित्रमार्फत् खोतलेका छन् । ‘फ्याम्ली प्रोडक्शन’ को निर्माणमा तयार पारिएको यो वृत्तचित्र नेपाली भाषी भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहने जोकोहीले एक पटक हेर्नुपर्ने किसिमको छ । 


बिएम खालिङको खोज र लेखन रहेको यस वृत्तचित्रमा गायक एवं सञ्चारकर्मी रविन शर्माको प्रस्तुति रहेको छ । कमल राईको छायाङ्कन र सम्पादन रहेको वृत्तचित्रलाई राजु सुब्बाको परिकल्पनामा तयार पारिएको हो । ‘असल टिभी नामक युट्युब’ च्यानलमार्फत् वृत्तचित्र सार्वजनिक गरिएको छ । वृत्तचित्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा सार्वजनिक गरिएको जनाइएको छ ।

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भ...

थप पढ्नुहोस्

झापा:  पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ ।  साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...

थप पढ्नुहोस्

पोखरा:   तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

थप पढ्नुहोस्