सराङकोट, कास्कीकोटको खानेपानी समस्या समाधान गर्छौ: उम्मेदवार बैरागी

पाेखरा | कात्तिक २८, २०७९

सराङकोट, कास्कीकोटको खानेपानी समस्या समाधान गर्छौ:  उम्मेदवार बैरागी

पोखरा:    कास्की क्षेत्र नम्बर ३ का एमाले उम्मेद्वारहरुले पोखरा महानगरपालिका १८ को खानेपानी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । 

 

सोमबार घरदैलोमा पुग्दा खानेपानीको समस्या समाधान गरिदिन पोखरा महानगरपालिका १८ का स्थानीयले प्रतिनिधि सभाका एमाले उम्मेदवार दामोदर पौडेल बैरागी र प्रदेश सभा ३ (१) का उम्मेदवार गणेशमान गुरुङसँग आग्रह आगह गरेका थिए । प्रदेशमा एमालेको सरकार हुँदा समस्या समाधान गर्न लिफ्टिङ खानेपानी सुरु गरेर केही हदसम्म समस्या समाधान भएको र अब दीर्घकालीन समाधान गर्ने प्रतिवद्धता दुवै उम्मेदवारले जनाएका हुन् । 

 

पोखरा १८ को अन्य ठाउँको तुलनामा माथिलो क्षेत्र तोरीपानी, गोठादी, पँदेली र तल्लो क्षेत्र भकुण्डेमा खानेपानीको चरम अभाव भएको स्थानीयको गुनासो छ । ‘सरकाङकोट र यहीँको छिमेकी वडा पोखरा २४ कास्कीकोटमा खानेपानीको समस्या भएको थाहा छ,’ उम्मेद्वार बैरागीले भने, ‘यहाँ एउटा लिफ्टिङको प्रयास पनि सफल हुन सकेन । पछि संघ र प्रदेशमा एमालेको सरकार नहुँदा काम रोकियो । चुनाव जितेपछि यो समस्या समाधान गर्न प्रतिबद्ध छौँ ।’

 

प्रदेश सभा उम्मेदवार गुरुङले सामान्य खानेपानीको समस्या समाधान नहुँदा महानगरबासी हो भन्न लाज हुने अवस्था रहेकोमा आफू जानकार रहेको सुनाए । उनले वर्तमान गठबन्धन सरकारले काम नगरेको र काम गर्न प्रदेशमा र संघ दुवैमा एमाले सरकार चाहिने स्पष्ट पारे । ‘खानेपानीजस्तो आधारभूत आवश्यकताबाट वञ्चित हुनुहुन्छ थाहा छ । प्रदेशमा एमालेको सरकारको पालामा काम सुरु भएको थियो । पछिको सरकारले काट्यो,’ उनले थपे, ‘जितेपछि आधारभूत आवश्यकता पुरा गर्न हाम्रो पहिलो प्रयास हुनेछ ।’

 

हर्पन खोलाले कटान गर्ने वस्ती संरक्षणलगायत विषयमा चंखपुरका स्थानीयले उम्मेद्वारलको ध्यानाकर्षण गराएका थिए । खानेपानी समस्या समाधान, सराङकोटमा निर्माणको अन्तिम चरणमा पुगेको शिव मन्दिर निर्माण, सुकुम्बासी व्यवस्थापनलगायत विषयलाई विशेष प्राथमिकता दिने उम्मेदवारद्वय पौडेल र गुरुङको वाचा छ । 


 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्