सत्ता र शक्ति हातमा लिएर देश बन्द कोठा बनाइयो: उम्मेदवार भण्डारी

पाेखरा | कात्तिक २७, २०७९

सत्ता र शक्ति हातमा लिएर देश बन्द कोठा बनाइयो:  उम्मेदवार भण्डारी

 

पोखरा:  प्रदेश सभा र प्रतिनीधी सभा सदस्यको लागि पछिल्लो समयमा चुनावी अभियान तिव्र रुपमा अघि बढिरहेको छ । तर पोखरा मतदाता भने ठुला पार्टीलाइ भन्दा साना पार्टीलाई अवसर दिनुपर्ने धारणा राख्छन । 


कास्की क्षेत्र नम्वर २ ‘क’ का प्रदेश सभा सदस्यका उम्मेदवार बिजय बहादुर भण्डारीको घरदैलाको क्रममा पोखरा १७ का छबी पोख्रेलले पुराना पार्टीले काम नगरेको भन्दै नयाँ पार्टीले चुनाव जित्नुपर्ने धारणा राखे । 


पुराना सत्तामा भएका पार्टीले देश बिकाश नगरेको, जनताको समस्याको वास्था नगरेको आफ्नो र कार्यकर्ताको हितको लागि मात्र काम गरेको भन्दैै ठुला पार्टीले देश बनाउन नसक्ने भण्डारीलाई सुनाए । ‘उनले भने,‘भण्डारी जस्ता युवा र बिकासका योजना भएका नेतालाई भोट दिनुपर्छ अब’ । 


पोखरा १७ का नै टंक गौतम अव ठुला पार्टीलाई मत नदिने पक्षमा रहेको सुनाउ छन । देश विकास गर्न नभइ ठुला पार्टीका नेता स्वार्थ र कुर्सीको लागि चुनावमा होमिएको उनको भनाइ । 


भ्रष्टचार मुक्त देश बनाउन सक्ने देशमा उत्पादनमा जोड दिने नेताको खाँचो रहेको सुनाए । पोखरा १७ कै बासिन्दा सृष्टि पौडेलले ठुला पार्टी प्रति असन्तुष्टि व्यक्त गदै अबको आवश्यकता भनेको पढेलेखेको राष्ट्रपति वफादारी युवा नेताको आवश्यता भएको गुनासो पोखिन् । युवा शिक्षित नेताको खाँचो रहेको बताइन । 


युवा उम्मेदवार विजय भण्डारीले जनताको समस्या र गुनासो सुन्दै मत मागेको थिए । उनले आफु नष्ट हुने तर भ्रष्ट नहुने बाँचा गरेको जानकारी दिदै जनताको समस्या समाधान गर्न राजनितीमा होमिएको मतदातालाई सुनाए ।  


भण्डारीले ठुला पार्टीले जनतालाई भ्रममा पारी मत मागेको चुनाव जितेपछी सत्ता र शक्तिआफ्नो हातमा पारेर देश र जनतालाई बन्द कोठामा राखेको संज्ञा दिए । जनताको मतको कदर गरी जनजिबिकाको ग्यारेन्टी गर्न आफुले उम्मेदवारी दिएको बताए । 

 


नेपालीको जीवन स्तर उच्च पार्न, देशमै रोजागारीको व्यवस्था गर्न देश विकास गर्न  उम्मेद्वारी रहेको मतदातालाई बुझाउदै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरे । 

 

घरदैलो अभियानमा समानुपातिक तर्फका उम्मेद्वार बिष्णु कुमारी गुरुङले आफुलाई समेत मतहाली बिजय गराउन मतदातालाई आग्रह समेत गरेकी थिइन् । 
   

पोखरा:  अडिटर एशोसिएसन नेपाल (अडान) कास्कीको आयोजनामा तीनदिने निरन्तर व्यावसायिक शिक्षा (सीपीई) तालिम सम्पन्न भएको छ। तालिम समापन कार्यक्रम अडान कास्कीका अध्यक्ष गुणानिधि पाण्डेको अध्यक्षतामा सम्पन्न भएक...

थप पढ्नुहोस्

पोखरा:   २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट  गरेको छ ।  पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...

थप पढ्नुहोस्

काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्।  आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्।  स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...

थप पढ्नुहोस्