लामाचौर, सार्दीखोला हुदै माछापुच्छ्रे गाउँपालिका जोड्ने सडक नमुना बनाउछौं: उम्मेदवार बराल
पाेखरा | कात्तिक २७, २०७९
पोखरा: पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवनले लामाचौर, सार्दीखोला हुँदै माछापुच्छ्रे गाउँपालिका जोड्ने नमुना सडक बनाउने बताएका छन् । चुनावी प्रचार अभियान अन्तर्गत आइतबार घरदैलो कार्यक्रममा सहभागी हुँदै उम्मेदवार बरालले लामाचौरदेखि सार्दीखोला हुदै माछापुच्छ्रे गाउँपालिका जोड्ने नमुना सडक बनाउने बताएका हुन् ।
उम्मेदवार बरालले भने “कृषि र पर्यटनको महत्व रहेको लामाचौर, सार्दीखोला हुदै माछापुच्छ्रे गाउँपालिका केन्द्र जोड्ने नमुना सडक निर्माण गर्न हामीहरुले बिषेश पहल गर्ने छौं, हाल जिर्ण सडकको अबस्थाले स्थानियले धेरै दुःख पाएको हामीले महशुस गरेका छौं ।” लामाचौर, घार्मी, पुरुन्चौर, सार्दीखोला तातोपानी हुदै माछापुच्छ्रे केन्द्र र माछापुच्छ्रे गाउँपालिकाका पर्यटकीय गाउँसम्म चक्रपथको रुपमा जोड्ने आफुहरुसंग बृहत योजना रहेको उम्मेदवार बरालले जनाए ।
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री समेत रहेका उम्मेदवार बरालले प्रदेश सरकारले चाहेर पनि धेरै बजेट व्यबस्थापन गर्न कठिन भएकोले बृहत योजनाहरु सम्पन्न गर्न केन्द्रीय बजेट आवश्यक भएकोले आफुलाई संघको जनप्रतिनिधिको रुपमा स्थानियले अत्याधिक बहुमतले विजयी गराउने विश्वास व्यक्त गरे । स्थानियले लामाचौर, घार्मी, पुरुन्चौर, सार्दीखोला लगायतको सडक स्तरोउन्ती गर्न माग गरेका थिए ।
त्यसैगरी पोखरा १९ को घार्मीको डाँडादेखि चनौटेसम्मको ढल तथा भलपानीको लागि नालाको उचित व्यबस्थापन गर्ने उम्मेदवार बरालले बताए । स्थानियको माग बमोजिम घार्मीको डाँडादेखि चनौटेसम्मको ढल तथा भलपानीको लागि नालाको उचित व्यबस्थापनमा बिषेश ध्यान दिने उनले जनाए ।
तिलवारीदेखि ठुलीपोखरीसम्म करिब २ किलोमिटर क्षेत्रमा करिब ९० घरधुरी रहेको चनौटे बस्तीमा ढल पानी उचित ढंगले व्यबस्थापन गर्न नसक्दा हरेक बर्ष ठुलो बर्षाद हुँदा स्थानियहरु बाढीको जोखिममा पर्ने गरेको स्थानियले उम्मेदवार बराल समक्ष गुनासो गरे ।
घरदैलो कार्यक्रममा संविधान सभा सदस्य शारदा पौडेल, काँग्रेस नेता पोषनाथ शर्मा लगायतको सहभागिता रहेको माओबादी केन्द्रका युवा नेता सविन जिसीले जानकारी दिए ।
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

