सुकुम्बासीका लागि आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने गठबन्धनको प्रतिबद्धता
पाेखरा | कात्तिक २४, २०७९
पोखराः कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले ंसुकुम्बासीका आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।
कास्की २ मा पर्ने पोखरा महानगरका ११ वटाका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई सहयोग पुग्ने किसिमको आवास सहकारी कार्यक्रम सञ्चालन गर्ने, रोजगारी दिलाउने एवं जग्गाधनी प्रमाणपत्रपूर्जा दिलाउने प्रतिवद्धता पत्रमा उल्लेख छ ।
गठबन्धनले उद्यमशिलता, पर्यटन, रोजगार तथा मानव संसाधन विकास शिर्षक विभिन्न प्रतिवद्धता जनाएको छ । जसमा स्थानीय स्रोत, साधनको अधिकतम परिचालन गरी रोजगारका अवसरहरु सृजना गर्न पहल गर्ने भनिएको छ ।
रोजगारीका लागि सहजीकरण, समन्वय, सञ्जालीकरण, नवपर्वतन र अनलाईन रोजगार बजारजस्ता सेवा प्रदान गर्न मानव संसाधन विकास केन्द्र स्थापना गर्न पहल गर्ने उनीहरुको प्रतिवद्धता छ ।
रेमिट्यान्स परिचालन गरी पर्यटन, कृषि र उद्योग विकासका पूर्वाधार निर्माण गरी उद्यमशिलता प्रवद्र्धन गर्न विप्रेषण सदुपयोग कार्यक्रम सञ्चालन गर्न पहल गर्ने जनाएको छ । दक्ष जनशक्तिलाई स्थानीय स्तरमा परिचालन गर्न विशेष स्वरोजगार कार्यक्रम सञ्चालनको पहल गर्ने पनि उनीहरुको प्राथमिकता छ ।
पोखराको ग्रामिण वडा वा सँगै जोडिएका स्थानमा ग्रेटर पोखराको अवधारणासँग तालमेल गर्न ५ वटा सेटलाइट टाउन निर्माण गर्न पहल गर्ने जनाएको छ । यस्तै फेवाताल संरक्षण सौन्दर्यीकरण परियोजना गर्ने तथा जैविक प्रवद्र्धन परियोजनालाई गठबन्धन उम्मेदवारहरुले प्राथमिकता दिएका छन् । अत्याधुनिक पर्यटक सूचनाकेन्द्र स्थापना र सञ्चालन गर्न पहल गर्ने, पोखरादेखि विभिन्न तालसम्म एअर कनेक्सन गर्न पहल गर्ने बताएको छ । होमस्टे सञ्चालन गरी ग्रामिण पर्यटन हबको कार्यक्रम सञ्चालन गर्ने नीति पनि लिएको छ ।
युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कृषि, पर्यटन र साना व्यावसाय संचालन गर्न आवश्यक सिप, तालिम तथा लगानीमैत्री वातावरण कायम गर्न विशेष योजना ल्याउने प्रतिवद्धता गरिएको छ । हाईकिङ पोईन्ट, दृष्यावलोकन केन्द्र, हरियाली प्रवद्र्धन कार्यक्रम, जैविक विविधता पार्क, बनस्पती उद्यान स्थापना लगायन कार्यक्रम गठबन्धनका उम्मेदवारहरुको प्राथमिकतामा छन् ।
कास्कीको निर्वाचन क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानका क्रममा उमेदवारहरुले शिक्षा क्षेत्रमा यस्तो काम गर्ने बताएका हुन् । गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल, प्रदेशसभा २ (क) मा नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछाने र प्रदेशसभा २ (ख) मा नेपाली काँग्रेसका विन्दुकुमार थापा उम्मेदवार छन् ।
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ । ...

