मुलुकको स्थायित्व र संविधानको रक्षाका लागि गठवन्धन: बराल
पाेखरा | कात्तिक २१, २०७९
पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले मुलुकको स्थायित्व र संविधानको रक्षाका लागि गठवन्धन निर्माण भएको बताएका छन् ।
चुनाव प्रचारप्रसारका क्रममा पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडमा पुगेका बरालसमक्ष मतदाताले गठवन्धनको कुरा उठाएपछि उनले यस्तो बताएका हुन् । उनले कतिपय कोण र क्षेत्रबाट गठवन्धनप्रति संशय व्यक्त गरिंदै आएपनि यसप्रति शंका नगर्न आग्रह गरे । उनले भने, ‘मूलतः संघीय शासन स्थापनापछिको निर्वाचनले झण्डै दुई तिहाई हैसियत हासिल गरेको सरकारले राजनीतिक स्थायित्व दिन नसकेको सबैमाँझ स्पष्ट छ ।’
एकै कार्यकालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक जनप्रतिनिधिमूलक संस्था संसद विघटन गर्नुका साथै आम जनताको मतको अपमानसमेत गरेका कारण गठवन्धन निर्माण भएको उम्मेद्वार बरालले स्पष्ट पारे ।
बरालले भने, ‘मुलुकको संविधान र देशको शासन व्यवस्थामाथि धावा बोल्दै प्रधानमन्त्री ओलीले चालेका कदमसंगै राष्ट्रिय हित संरक्षण गर्ने युगीन दायित्वमा आइपुगेका हौं ।’
देशका ठूलाठूला समस्या, संकट गठवन्धनबाटै पार लागेका थुप्रै उदाहरण सुनाउँदै बरालले २००७, २०४६ र २०६२÷०६३ को आन्दोलन यसैका उदाहरण भएको स्पष्ट पारे ।
यसैगरी उम्मेद्वार बरालले फेवाताल संरक्षणमा विशेष पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन् । जलाधार क्षेत्रमा प्राविधिकको राय अनुरुप वृक्षरोपण गर्ने, सामुदायिक वनको व्यवस्थापन, जलकुम्भी झार लगायत फोहोरको नियमित सफाइ, अतिक्रमण नियन्त्रण तथा कोमागाने पार्क, वसुन्धरा पार्क, हिमागृह आदिको संरक्षणमा ध्यान दिने उनले प्रतिवद्धता जनाए ।
ताल प्राधिकरणलाई अधिकार सम्पन्न बनाउन नीतिगत व्यवस्था गर्नुका साथै फेवातालमा बर्षेनी थुप्रिने माटोलाई नियमित झिक्ने व्यवस्था गर्ने, तालको चौघेरा कायम गरि आवश्यक व्यूटिफिकेशन गर्ने उम्मेद्वार बरालले स्पष्ट पारे ।
पोखरा: तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...
काठमाडौं: निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको हो । सार्वजनिक भएको...
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरु संगै महोत्सव आयोजक युनाईटेड क्लबले मुक्तिनाथ दर्शनका लागि ...

