रोमानिया पुगेका ३३ वर्षीय देवेन्द्रको मेसिनमा च्यापिएर मृत्यु
म्याग्दी | कात्तिक १७, २०७९
म्याग्दी: वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका रघुगंगा गाउँपालिकाका ३३ वर्षीय देवेन्द्र पुनको मेसिनमा च्यापिएर मृत्यु भएको छ ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) रोमानियाले दिएको जानकारी अनुसार पुनको बुधबार तिमिश्वारा सहर नजिक भिजिडियास्थित बनेट मेलोन एग्रिकल्चर कम्पनीमा मेसिनले खेतमा आलु खन्ने क्रममा मेसिनको वेल्टमा परी च्यापिएर मृत्यु भएको हो ।
मोना रोमानियाका अध्यक्ष विजय कुँवरका अनुसार पुन रोजगारीका लागि ३ महिनाअघि मात्र रोमानिया पुगेका थिए ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

