पुस १२ गते पोखरामा नेपथ्यको कन्सर्ट
पाेखरा | कात्तिक १५, २०७९
तस्बिर फाइल
पोखरा : सातै प्रदेशमा निस्किएको नेपथ्य ब्याण्डले पुस १२ गते पोखरामा कन्सर्ट भएको छ । नेपथ्य ब्याण्डले मंसिर १६ देखि पुस १६ गतेसम्म एक महिना लामो देशव्यापी प्रस्तुती दिनेछ ।
नेपथ्यले नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारी गर्दै यसपालिदेखि नयाँ अठोटका रूपमा ‘मानवता प्रवद्र्धन अभियान’ मा सहभागी हुँदैछ ।
नेपथ्यले सामाजिक संस्था‘ मानवसेवा आश्रम’ सँग हातेमालो गर्दै ‘मानवताको लागि संगीत’ कार्यक्रमको पहिलो प्रस्तुती विराटनगरमा गर्नेछ । मंसिर १६ गते विराटनगरस्थित ‘हाटखोला मैदान’मा नेपथ्य गुञ्जिनेछ । त्यसपछि ब्याण्ड वीरगंज प्रस्थान गर्नेछ ।
मंसिर १९ गते वीरगंजको ‘आदर्शनगर रंगशाला’मा, मंसिर २२ गते हेटौंडाको ‘भूटनदेवी स्कुल मैदान’मा, २५ मंसिर गते नारायणघाटको ‘क्याम्पाचौर’मा ब्याण्ड उपस्थित हुनेछ। मंसिर महिनाको अन्तिम कन्सर्ट भने नेपालगन्जमा २९ गते आयोजना गरिनेछ ।
ब्याण्डले पुस ३ गते धनगढीको रंगशालामा आफूलाई प्रस्तुत गर्नेछ । पुस ६ गते वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा, पुस ९ गते बुटवलको रामनगर खेलमैदानमा, पुस १२ गते पोखरास्थित प्रदर्शनी केन्द्रमा प्रस्तुति दिनेछ ।
यसरी देशका सम्पूर्ण प्रदेशहरू घुमिसकेपछि अन्तिममा ब्याण्ड काठमाडौं आइपुग्नेछ । काठमाडौंमा भने पुस १६ गते भृकुटीमण्डपमा ब्याण्ड प्रस्तुत हुनेछ ।
ब्याण्डले बेसहारा बन्न पुगेका नेपालीहरूको आवाज बन्ने मात्र नभई उनीहरूको सहयोगार्थ अर्थ संकलनमा हातेमालो गर्नेछ ।
‘हामीले गीत संगीत मात्र नभई सामाजिक दायित्वलाई समेत अभिभाराका रुपमा उठाउँदै आएका छौं,’ ब्याण्डका गायक अमृत गुरुङले भने, ‘कुनै पनि नेपालीले कष्टपूर्ण अवस्था झेल्नु नपरोस् भनेर अब मानवताको सन्देश लिएर हामीलाई मनपराउँदै आउनुभएका श्रोता दर्शकमाझ पुग्न लागेका छौं ।’ नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गर्न लागेको हो ।
यसभन्दा पहिले विद्यालयमा हतियारधारीहरूको हस्तक्षेप हटाउन ‘शान्तिको लागि शिक्षा’ र द्वन्द्वको चक्रबाट मुलुकलाई मुक्त गर्ने कामनाका साथ ‘सुन्दर शान्त नेपाल’ जस्ता अभियानहरू नेपथ्यकै सक्रियता एवम् सहभागीतामा अघि बढेको थियो। यस्ता अभियानमा नेपथ्यले गीत सुनाउनुका साथै आफूले उठाएको नारालाई अथ्र्याउने प्रयास गथ्यो ।
यसरी आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दै आएको नेपथ्यले अब भने ‘मानवताको लागि संगीत’ मार्फत मानवीय आयामहरूलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको हो ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

