दोहोरिए रुपा गाउँपालिका प्रमुखमा 'नवराज'

कास्की | जेठ २, २०७९

दोहोरिए रुपा गाउँपालिका प्रमुखमा 'नवराज'

कास्की:    नेकपा एमालेका नवराज ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गर्दै दोस्रो पटक कास्कीको रुपा गाउँपालिकाको प्रमुख भएका छन् ।   ओझाले नेपाली काग्रेसकी गीमाया गुरुङलाई १ हजार ६ सय १२ मत अन्तरले हराउँदै ओझा विजयी भएका हुन् ।

 

पराजित भएका नेपाली कांग्रेसकी गिमायाले ४ हजार १ सय ३७ मत प्राप्त गरिन् ।  त्यसैगरि उपाध्यक्षमा लालसुब्बा गुरुङले नेपाली काग्रेसका नारायण श्रेष्ठलाई ७ सय ७५ मत अन्तरले हराए ।

 

लालसुब्बाले ५ हजार ४ सय ४५ मत प्राप्त गरे भने नारायण श्रेष्ठले ४ हजार ३ सय ७० मत प्राप्त गरेका थिए ।

 

रुपा गाउँपालिका ७ वटा वडा रहेका छन् । वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ भने वडा नम्बर २, ३, ४, ५, ६ र ७ एमालेले जितेको छ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्