मतान्तर घटाउदै मञ्जुदेवी, आचार्यको अग्रता कायमै

कास्की | जेठ १, २०७९

मतान्तर घटाउदै मञ्जुदेवी, आचार्यको अग्रता कायमै


कास्की:   पोखरा महानगरपालिका पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेकी उपप्रमुख उम्मेदवार मञ्जुदेवी गुरुङले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी कोपिला रानाभाटसँग मतान्तर घटाएकी छिन् ।

 

कुल ३५ सय मणगणना गर्दा गुरुङले १ हजार ४ सय ५ मत प्राप्त गरेकी हुन् । उनी रानाभाट भन्दा ४५ मतले पछि छिन् ।   सुरुवातमै अग्रता लिएकी कांग्रेसी उम्मेदवार कोपिला रानाभाटले १ हजार ४ सय ५० प्राप्त गरिन् । 

 

यसैगरी मेयर पदमा गठबन्धनका धनराज आचार्यले १ हजार ३ सय ४९ सहित अगाडि छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण थापाले १ हजार २ सय ५० मत पाएका छन् ।

 

उक्त मत परिणाम पोखरा महानगरपालिका वडा नम्बर १ को १ हजार १ सय २ को ७ सय, वडा १२ को १२ सय र २३ वडा नम्बरको ५ सय गरि कुल ३ हजार ५ सय मत गणना सकिएको हो ।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार पोखरा महानगरपालिकामा कुल २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका पनि १ लाख ४३ हजार २ सय २६ मत मात्र खसेको थियो ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्