‘पत्थर जस्तो दिल’ म्युजिक भिडियो सार्वजनिक
काठमाडाैं | कात्तिक ११, २०७९
काठमाडौँ । साहित्यकार नरेश ज्ञवालीको शब्दमा रहेको ‘पत्थर जस्तो दिल’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यस म्युजिक भिडियोमा चर्चित गजल गायक थानेश्वर गौतमले सङ्गीत तथा स्वर प्रदान गर्नुभएको छ । गजललाई कमल सौरागले सङ्गीत संयोजन गर्नुभएको हो । मनोरञ्जनात्मक यस भिडियोमा एउटा युवाले एउटी युवतीलाई पहिलोपटक हेरेपछि उसको रुपको बयान गर्दै आफू नजिक हुन चाहेको र माया गर्न मन लागेको कुरालाई आकर्षक तरिकाले प्रस्तुत गरिएको छ ।
म्युजिक भिडियोमा सुधीर श्रेष्ठ तथा उषा उप्रेतीको अभिनय छ । रचनाकार ज्ञवाली निर्माता रहेको यस भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो । गायक गौतमको आधिकारिक च्यानल ‘थानेश्वर गौतम’मार्फत भिडियो सार्वजनिक भएको छ ।
म्युजिक भिडियोमा ‘झट्ट हेर्दा तिमीलाई माया गरौँ, गरौँ भो’, ‘पत्थरजस्तो दिल मेरो नरम नरम भो’, ‘छिनेको कम्मर तिम्रो, मच्किने चाला’, ‘वैँशालु नजर ठूलै मलाई हेर्दा खेरी’, ‘तिम्रो नजिक मलाई सरौँ सरौँ भो’, ‘भेट्न तिमीलाई बेँशीतिर झरौँ झरौँ भो’लगायत बोलका गीत समावेश गरिएको छ ।
विगत १२ वर्षदेखि सपरिवार क्यानडा बस्दै आउनुभएका युवा साहित्यकार ज्ञवाली विदेशमा बसेर पनि नेपाली कला–साहित्यलाई अगाडि बढाउन प्रयासरत हुनुहुन्छ । उहाँका दर्जनौँ गजल र कविता सार्वजनिक भएका छन् ।
पोखरा: तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...
काठमाडौं: निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको हो । सार्वजनिक भएको...
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरु संगै महोत्सव आयोजक युनाईटेड क्लबले मुक्तिनाथ दर्शनका लागि ...

