पोखरा १४ मा सुकुम्वासी समस्या समाधान एमाले उम्मेदवारको पहिलो प्राथमिकता
पाेखरा | कात्तिक ६, २०७९
पोखरा । कास्की क्षेत्र नं. १ (ख) मा एमालेको तर्फबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार वेदबहादुर गुरूङ (श्याम) ले पोखरा १४ मा सुकुम्वासी समस्या समाधान आफुहरुको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । उनले भने –‘यहि वडामा अन्तराष्ट्रिय विमानस्थल छिट्टै नै सुचारु हुदैछ तर सुकुम्वासीहरुका समस्या जहाँका त्यहि हुनाले हामीलाई आत्मग्लानी भएको छ । त्यसैले निर्वाचित भएपछि हाम्रो पहिलो प्राथमिकता सुकुम्वासीहरुको समस्या समाधानमा हुनेछ, त्यसका लागि एमालेलाई जिताउन सूर्य चिन्हमा मत दिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’
मंसिर ४ गते हुने निर्वाचन केन्द्रित मतदाता भेटघाट कार्यक्रममा उनले विदेशी पाहुना भित्र्याउने तयारीमा रहेका हामी आफ्ना देशका नागरिकहरु वैदेशिक रोजगारमा गईरहदा हाम्रो नेपाली पहिचान पनि खस्किएको भन्दै आफ्ना प्रदेशका नागरिकलाई स्वरोजगार सिर्जना गर्ने वातावरण तयार पार्ने उल्लेख गरे ।
प्रदेशतर्फ समानुपातिक उम्मेदवार नन्दाकला नेपालीले विश्व समुदायमै आर्थिक स्थिर खस्केको अवस्थामा आफ्ना प्रदेशका युवाहरु प्रदेशभित्रै अर्थाेपार्जनमा लगाउने आफुहरुको प्राथमिकता रहने उनको भनाई छ ।
उनले वडा नम्वर १४ व्यवसायिक र कृषिको लागि पर्याप्त सम्भावना बोकेको वडा भएकाले यसतर्फ लाग्नुपर्नेमा जोड दिईन् ।
पोखरा: तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...
काठमाडौं: निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको हो । सार्वजनिक भएको...
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरु संगै महोत्सव आयोजक युनाईटेड क्लबले मुक्तिनाथ दर्शनका लागि ...

