‘व्यवस्था परिवर्तनदेखि विकासका काममा जनतासँगै छौ’ : एमाले उम्मेदवार अधिकारी

पाेखरा | कात्तिक ५, २०७९

‘व्यवस्था परिवर्तनदेखि विकासका काममा जनतासँगै छौ’ : एमाले उम्मेदवार अधिकारी

पोखरा : नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्बर १ प्रदेश सभा १ का उम्मेदवार खगराज अधिकारीले व्यवस्था परिवर्तनदेखि विकासको काममा सदैव जनताको साथमा रहेर काम गर्दै आएको बताएका छन् ।

 

पोखरा ३० मा उम्मेदवार भेटघाट कार्यक्रममा बोल्दै उनले उक्त वडाको शिशुवा अस्पताललाई स्तरोन्नति गर्दै कोभिडको समयमा पनि आवश्यक स्वास्थ्य सामाग्री लिएर हरेक पटक आउने गरेको स्मरण गराउँदै समयक्रमसँगै जनताको अपेक्षा पूरा गर्न प्रतिवद्व रहेको स्पष्ट पारे । 

 

शिशुवा चोकबाट फेदिसम्मको बाटो चक्लाउन ८ करोड रुपैयाँ बजेट अन्तरगत काम सुरुवात गरेकोमा पछिल्लो पटकको २ करोड रुपैयाँ शहरी विकास मन्त्रालयले काटेको भन्दै उनले त्यसलाई पूरा गर्ने दायित्व आफुहरुको भएको उल्लेख गरे ।

 

उनले गण्डकी प्रदेशलाई एमाले नेतृत्वको सरकारले जग बसालेको स्मरण गर्दै उनले त्यसलाई समृद्वको बाटोमा लैजाने गरि अगाडी बढ्ने बताए ।

 

उम्मेदवार अधिकारीले केन्द्रबाट प्रदेशमा आइसकेपछि अझै जनताको गुनासोलाई सुनेर सम्बोधन गर्ने अवसर आएको बताउँदै त्यसको जिम्मेवारी सुम्पिन मङ्सिर ४ मा सुर्य चिन्हमा मतदान गर्न स्थानियसँग आग्रह गरे । 

 

स्थानीय विश्वनाथ लामिछानेले बर्खामा पानीले समस्या परेको भन्दै सडकको नाला व्यवस्थापन र सडकलाई फराकिलो बनाउने काममा पहल गरिदिन अनुरोध गरेका थिए । 

 

लामिछानेले खगराज अधिकारी स्वास्थ्यमन्त्री हुँदा शिशुवा अस्पतालको स्तरोन्नति गराएको भन्दै स्वास्थ्य विमाका सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्ने प्रवन्ध गरिनुपर्ने भनाई राखे । ‘एमालेमै भोट हाल्न प्रतिवद्व छौ, २०५१ देखि निरन्तर एमालेको पक्षमा हामी छौ तपाईंलाई हामी जिताउँछौ’, उनले भने । 

 

स्थानीय विकल बास्तोलाले गुनासो सुनेर सम्बोधन गर्न आवश्यक रहेको बताए । निवर्तमान वडाध्यक्ष श्रीराम पोखरेलले वडा भित्र साना ठुला गरि ६० वटा बाटो स्तरोन्नति बनाउन सफल भएको सुनाए । वडामा वार्षिक ९० लाख रुपैयाँ मात्रै आउने हुँदा बजेट अभावका कारण सबै योजनाहरु सोचे अनुरुप काम हुन नसकेको उनको भनाई छ ।
 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्