पुरुष स्क्वासमा गण्डकी टिम च्याम्पियन

महिलातर्फ बागमतीकी विपनालाई स्वर्ण

पाेखरा | कात्तिक ३, २०७९

पुरुष स्क्वासमा गण्डकी टिम च्याम्पियन

पोखरा : पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा सम्पन्न स्क्वास प्रतियोगिताको पुरुष टिम इभेन्टतर्फ गण्डकी प्रदेशले च्याम्पियन बनेको छ ।

 

आज (बिहिबार) भएको फाइनल खेलमा गण्डकीका अमृत थापामगरले बागमती प्रदेशका अरहान्त सिम्हलाई ११–८, ११–६ र ११– ८ सहित ३–० को सोझो सेटमा पराजित गरे भने टिम इभेन्टमै गण्डकीकै दिपक थापाले बागमतीका अमिर ब्लोनलाई  ११–७, १३–११ र ११– ३ सहित ३–० सो सेटमा हराउदै आफ्नो प्रदेशलाई स्वर्ण पदक दिलाए । 

 

त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपिएफ र प्रदेश नम्बर १ लाई हराउँदै लुम्बिनी प्रदेश सँयुक्त तेस्रो बन्दै कास्य पदक प्राप्त गरे । 

 

त्यसैगरि महिलातर्फ बागमतीकी विपना ब्लोन च्याम्पियन बनिन् । उनले सोही प्रदेशकै स्वस्थानी श्रेष्ठलाई ३–१ को सेटमा हाराउँदै ब्लोनले स्वर्ण पदक जितिन् भने बागमतीकी भावना सुनुवार र गण्डकीकी कृष्णा थापामगर सँयुक्त तेस्रो बन्दै कास्य पदक प्राप्त गरिन् ।

 

पदक विजेताहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

यसअघि पुरुषतर्फ व्यक्तिगत विधामा गण्डकीकै अमृत थापामगरले स्वर्ण बागमतीका अरहान्त सिम्ह रजत र सोही प्रदेशकै अमिर ब्लोन र गण्डककीका दिपक थापा सँयुक्त तेस्रो बन्दै कास्य पदक हात पारेका थिए ।

 

सो प्रतियोगितामा २ विभागीय र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको थियो ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्