ट्र्याक्टर दुर्घटनामा चारजनाको मृत्यु

ताप्लेजुङ | कात्तिक २, २०७९

ट्र्याक्टर दुर्घटनामा चारजनाको मृत्यु

 

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । 


 ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु सबैको घटनास्थलमा नै निधन भएको हो । ट्र्याक्टर सडकबाट करिब दुई सय मिटरमुनि झरेको बताइएको छ । 


अध्यक्ष वनेमका अनुसार ट्र्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत्को सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्र्याक्टरमा सवार थिए । 

पोखरा:  पद्याप्रेम थिएटरले आफ्नो तेस्रो प्रस्तुती नाटक ‘मृत्यु यस्तो हुनु हुँदैन’ बिहिबारदेखि मञ्चन गर्ने भएको छ ।  गैह्रापाटनस्थित गन्धर्व नाटक घरको पोखरा थिएटरमा यही पुस २४ देखि २७ ग...

थप पढ्नुहोस्

काठमाडौं: भारत र श्रीलंकामा अर्को महिना सुरु हुने आइसिसी पुरुष टि ट्वान्टी विश्वकपका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) विश्वकपका लागि मंगलवार रोहितकुमार पौडेलको कप्तानीम...

थप पढ्नुहोस्

पोखरा:  भाइब्रेन्ट फुटबल क्लबको आयोजनामा पोखरामा भोलिदेखि प्रथम केआइइसी पोखरा सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ ।  प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टु...

थप पढ्नुहोस्