नेपाली कांग्रेस गण्डकी प्रदेशको निर्वाचन लक्षित रणनीति
“गण्डकी प्रदेशको संकल्प” घोषणा पत्र ११ वटै जिल्लामा पठाउने निर्णय
पाेखरा | असोज ३१, २०७९
पोखरा : नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादनको वैठक विविध निर्णय सहित सम्पन्न भएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालयमा भएको उक्त वैठकमा आसन्न मंसीर ४ गते हुन गइरहेको निर्वाचन लक्षित रणनीतिका साथै अन्य योजना सहित वैठकमा छलफल भएको थियो ।
उक्त वैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरु निर्वाचनमा सहभागी गठबन्धन दलका उमेद्वारहरुलाई विजयी गराउनको लागि प्रदेश कार्य समितिले सम्बन्धित जिल्ला, क्षेत्र र प्रदेश कार्य समितिलाई प्रभावकारी रुपमा परिचालन गर्न गण्डकी प्रदेशका तर्फबाट तयार गरेको घोषणा पत्र “गण्डकी प्रदेशको संकल्प” लाई ११ वटै जिल्लामा पठाउने निर्णय गरिएको प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु) ले जानकारी दिए ।
गण्डकी प्रदेश भित्रका जिल्लाहरुमा प्रदेशको तर्फबाट आवश्यक समन्वय र परिचालन गर्न प्रदेश सभापति लगायतले जिल्ला–जिल्लामा भ्रमण गर्ने र निर्वाचन अवधीभर प्रदेश सचिवालयलाई दुरुस्त र निर्वाचन सम्पर्क समन्वय गर्न प्रवक्ताको संयोजकत्वमा एक समिति गठन गर्ने नेपाली कांग्रेस गण्डकी प्रदेशले जानकारी गराइएको छ ।
त्यसैगरी मुख्य सचिव प्रकाश बराल प्रदेश सभा सदस्यको उमेद्वार भएको हुँँदा अर्को व्यवस्था नभए सम्मका लागि फलेवास नगरपालिका –१, पर्वतका पदम श्रेष्ठलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता बास्तोलाले बताए ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयको निर्णय अनुसार यही असोज ३१ गते भित्र विद्रोही उमेद्वारलाई आफ्नो उमेद्वारी निस्कृय बनाउन नेपाली कांग्रेस गण्डकी प्रदेशले पहल गर्ने बताइएको छ ।
उक्त बैठकबाट पर्वत जिल्ला निवासी नेपाली कांग्रेसका नेता तथा प्रजातन्त्र सेनानी श्री कृष्ण बहादुर जोशीको असोज २९ गते ९४ वर्षको उमेरमा भएको असामयिक निधन र नेपालका संस्कृत विद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको असोज ३० गते १०३ वर्षको उमेरमा भएको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना व्यक्त गर्नुका साथै, शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
यसैविच नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालयमा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको संयोजकत्वमा ५ दलिय गठबन्धनको बैठक बसेको छ ।
उक्त वैठकले गठबन्धनको विरुद्धमा विभिन्न जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा मनोनयन गरेका पार्टीका उमेदवारहरुलाई उमेद्वार निस्क्रिय पार्न आ–आफ्नो दलका विद्रोही उमेद्वारलाई वक्तव्य निकाल्न आवश्यक पहल गर्ने, यही कार्तिक ४ गते गण्डकी प्रदेशमा हुने केन्द्रीय गठबन्धनको भेलालाई व्यवस्थित बनाउने बारेमा छलफल भएको थियो । साथै, प्रदेश स्तरीय निर्वाचन परिचालन समितिमा प्रत्येक दलका पार्टी प्रमुख सहित २/२ जना रहने गरी गठन गर्ने निर्णय गरेको बताइएको छ ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

