तालचोकमा पाँचौ डायमण्ड रनिङशिल्ड शुरु

पाेखरा | असोज ३१, २०७९

तालचोकमा पाँचौ डायमण्ड रनिङशिल्ड शुरु

पोखरा : कास्कीको पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा पाँचौ डायमण्ड रनिङशिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।

 

विद्यार्थीहरुलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि बढाउने उद्देस्यले खेलकुद प्रतियोगिता संचालन गरिएको विद्यालयका निर्देशक माधवशरण उपाध्यायले बताउनु भएको छ ।

 

कक्षा नर्सरी देखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरु र पूर्व का विद्यार्थीहरुबिच बिभिन्न विधामा खेलकुद गरिदै आएको र यस वर्ष पनि सोहि कार्यलाई जारी राख्यको विद्यालयका खेलकुद शिक्षक विनोद थापाले जानकारी दिनुभएको छ ।

 

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २७ वडा अध्यक्ष पूर्ण कुमार गुरुङ्ग, वडा नं. ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुबेदी, विद्यालयका संस्थापक प्रिन्सिपल यमबहादुर रोका, व्यवस्थापक प्रमुख हरिप्रसाद लामिछाने लगायतले खेलाडी विद्यार्थीलाई खेलमा उत्कृष्टता देखाउन शुभकामना दिनुभएको थियो ।

 

खेलकुदको पहिलो दिन सिनियर तर्फ भलिबल तथा क्रिकेटका पहिलो चरणका खेल सम्पन्न भएका छन् । छात्र तर्फ भएको खेलमा व्यवस्थापन १२ ले होटल मेनेज्मेन्ट ११ लाई र पूर्व व्यवस्थापनले कक्षा १० लाई २–० को सोझो सेटमा हराएर दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् ।

 

छात्रा तर्फ भएको खेलमा  कक्षा १०  ले कक्षा ९ लाई र कक्षा १२ ले कक्षा ७ लाई २–० को सोझो सेटमा हराएर फाईनल चरणमा प्रवेश गर्न सफल भएका छन् ।

 

त्यस्तै क्रिकेट तर्फ कक्षा १० लाई २० रनले हराउदै पूर्व विज्ञान समुह अर्को चरणमा प्रवेश गरेको छ । उक्त खेलमा पूर्व विज्ञान समुहका संञ्चन श्रेष्ठ म्यान अफ दि म्याच हुन सफल भएका छन् । अर्काे खेलमा कक्षा ९ लाई व्यवस्थापन १२ ले ९ विकेट ले हराउदा सुसिल सुबेदी  म्यान अफ दि म्याच हुन सफल भएका छन् ।

 

खेलकुदको पहिलो दिन कक्षा नर्सरी देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरु विच बिभिन्न विधामा खेलकुद शुरु गरिएको छ । बेलुन फुटाउने, चम्चा दौड, खुल्ला दौड प्रतियोगिता लगाएका खेल भएको विद्यालयका संयोजक बिकाश लामिछानेले जानकारी दिनुभएको छ ।

 

खेलकुद अन्तर्गत फुटबल, क्रिकेट, भलिवल, टेबलटेनिस लगायतका खेल खेलाईने विद्यालयमा अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङ्गले जानकारी दिनुभएको छ । खेलकुद प्रतियोगिता यहि कार्तिक ४ गतेसम्म संचालन हुने बताईएको छ ।

सिन्धुपाल्चोकः  त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र...

थप पढ्नुहोस्

काठमाडौं:    साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यू...

थप पढ्नुहोस्

बागलुङः  बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर बिहान मृत्यु भएको हो ।    ...

थप पढ्नुहोस्