कब्बडी प्रतियोगिता भोलिदेखि, १० टिमको सहभागिता रहने
काठमाडाैं | असोज २९, २०७९
तस्बिर फाइल
पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबारदेखि कब्बडी प्रतियोगिता शुरु हुने भएको छ । पोखरा १२ माटेपानीस्थित एसआर केसी क्याटरीङमा प्रतिष्पर्धा शुरु हुने भएको हो ।
लिग कम नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिताको आइतबार बिहान ८ बजे युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्ने नेपाल कब्बडी संघका केन्द्रिय अध्यक्ष विनोद प्रजापतीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा गण्डकी प्रदेश सहित सात प्रदेश र तीन विभागिय गरि १० टिमले महिला÷पुरुष विधामा सहभागिता जनाउने छन् ।
प्रतियोगिता अन्र्तगत आइतबार बिहान ९ बजेबाट महिला र पुरुषतर्फ २–२ टोलीविच प्रतिस्पर्धा हुने छ । भने दिउँसो २ बजेपछि महिला तथा पुरुषको ३–३ समुहविच खेल खेलाइने गरि तालिका मिलाइएको छ ।
प्रतियोगितामा महिला तथा पुरुष गरि १० वटा समुहका २४० जना खेलाडी पोखरामा छन् ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

