महिला बास्केटबलमा आर्मीको विजयी सुरूवात

तनहुँ | असोज २८, २०७९

महिला बास्केटबलमा आर्मीको विजयी सुरूवात

तनहुँ : नवौ राष्ट्रिय खेलकुदमा अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा आर्मीले विजयी शुरूवात गरेको छ ।

 

प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मीले मधेस प्रदेशलाई ७१–१३ को फराकिलो अन्तरमा पराजित गरेको हो ।

 

महिला बास्केटबल प्रतियोगिताको पहिलो चरणमा आर्मीले २२–० को फराकिलो अन्तर बनाएको थियो । दोस्रो, तेस्रो र चौथो चरणमा पनि आर्मीले निरन्तर अग्रता कायम गरि सहज रूपमा जित हासिल गरेको हो ।

 

जहाँ आर्मीले क्रमश ः २२–६, १४–४ र १३–३ को अंक प्राप्त गरेको थियो । प्रतियोगिता अवधिभरमा मधेस प्रदेशबाट पुष्प बानले ७ अंक जोडेकी छिन् भने आर्मीबाट रोशनी  श्रेष्ठले २१ अंक जोडेकी थिईन ।

 

भोलि थ्रि बाइ थ्रि बास्केटबल प्रतियोगितामा बागमती प्रदेश र मधेस प्रदेश, आर्मी र लुम्बिनी प्रदेश, सुदुरपश्चिम र प्रदेश–१, एपिएफ (सशस्त्र) र गण्डकी प्रदेश विच हुनेछ । 

 

साथै महिला बास्केटबल अन्तर्गत बागमती प्रदेश र प्रदेश–१, त्रिभुवन आर्मी र सुदुरपश्चिम बिच खेल हुने आयोजकले जनाएको छ ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्