नवौं राष्ट्रिय खेलकुद : भलिबलको खेल तालिका सार्वजनिक, महिला तर्फको खेल म्याग्दीमा
पाेखरा | असोज २७, २०७९
पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलतर्फ खेल तालिका सार्वजनिक भएको छ । महिलातर्फ ७ प्रदेश र ३ विभागीयसहित १० टोलीको सहभागिता रहनेछ भने पुरुष तर्फ गैर आवासीय नेपाली संघ (एनआरएनए) पनि थपिनेछ ।
महिलातर्फको खेल म्याग्दीस्थित बेनी बजारमा हुँदैछ । महिलाको समूह ए मा नेपाल एपिएफ क्लब, कर्णाली र त्रिभुवन आर्मी क्लब छन् । समूह बीमा बागमती, प्रदेश १ र मधेश रहेका छन् । बागमतीमा होंगांजी न्यु डायमन्डका अधिकांश खेलाडी खेल्नेछन् ।
समूह सीमा नेपाल पुलिस क्लब र लुम्बिनी छन् । समूह डी मा आयोजक गण्डकी र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् । हरेक समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल कार्तिक २ गते हुनेछ ।

यस्तै पुरुष भलिबल भने पोखरा रंगशालामा नै हुने तालिका रहेको छ । पुरुषतर्फ ११ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान पक्का गर्नेछन् । फाइनल खेल कार्तिक ३ गते हुनेछ ।
समूह ए मा नेपाल पुलिस क्लब, कर्णाली र लुम्बिनी छन् । समूह बी मा त्रिभुवन आर्मी क्लब, प्रदेश १ र मधेश छन् । समूह सी मा नेपाल एपीएफ क्लब, एनआरएनए र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् । समूह डी मा गण्डकी प्रदेश र बागमती भिड्नेछन् ।

पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले तामाङ समुदायको महान् पर्व ‘२८६२ औं सोनाम ल्होसार’ का अवसरमा शुभकामना प्रदान गर्नुभएको छ । सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले आपसी सद्भ...
झापा: पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक अवधिमा अलैँची, छुर्पीलगायतका वस्तुको निर्यात उत्साहजनक रुपमा वृद्धि भएको छ । साउनदेखि पुस मसान्तसम्मको छ महिनामा रु सात अ...
पोखरा: तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

