‘आइटिएफ तेक्वान्दो बागलुङको प्रतिष्ठा’: शिक्षामन्त्री पौडेल
बाग्लुङ | असोज २६, २०७९
तस्बिर फाइल
गलकोट : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आइटिएफ तेक्वान्दो प्रतियोगिता बागलुङको प्रतिष्ठासँग जोडिएको बताउनुभयो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बागलुङमा हुने आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारीको आज बाङ्गेचौरस्थित कभर्डहलको स्थलगत अवलोकन गर्दै उहाँले तेक्वान्दो प्रतियोगिताको तयारीलाई चुस्त पार्न निर्देशन दिनुभयो ।
उहाँले आइटिएफ तेक्वान्दो प्रतियोगिता बागलुङमा गर्नु र बागलुङका खेलाडीले गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा धेरै पदक प्राप्त गर्नुले जिल्लाको प्रतिष्ठासँग उक्त खेल जोडिएको बताउनुभयो । “पहिलोपटक बागलुङमा राष्ट्रिय खेलकुदअन्तर्गतको आइटिएफ प्रतियोगिता हुन गइरहेको छ, यो बागलुङको प्रतिष्ठासँग जोडिएको विषय हो”, उहाँले भन्नुभयो, “ जिल्लामा आएका देशभरका खेलाडीले बागलुङ चिन्ने मौका दिनुपर्दछ ।”
मन्त्री पौडेलले खेलकुद प्रतियोगिताको तयारी, खेलाडी व्यवस्थापनलगायत विषयमा स्थलगत अवलोकन गर्नुभएको आइटिएफ नेपालका केन्द्रीय सचिव तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।
यही असोज २९ गतेदेखि यहाँ सञ्चालन हुने तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, तीन विभागीय गरी १० टोलीका दुई सय ५० खेलाडी, ४५ रेफ्री तथा करिब ५० जना टिम कोच र अफिसिएल तथा म्यानेजर सहभागी हुनेछन् ।
प्रतियोगिताको तयारीका लागि बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । जिल्लामा पहिलो पटक आयोजना हुन लागेको सो प्रतियोगितामा खेलाडीले ४५ स्वर्ण, ४५ रजत र ३० कास्य गरी कूल एक सय २० पदकका लागि प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति बागलुङले जनाएको छ ।
मुस्ताङ: हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्। त्रिविबाट यस नर्ष स्ना...
काठमाडौं: कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

