बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो

उदयपुर | असोज १८, २०७९

बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो सांकेतिक तस्बिर

उदयपुर  ः  गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ । उहाँको शव ३८ दिनपछि फेला परेको हो । 

 

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता हुनुहुन्थ्यो । उहाँको कङ्काल  बेलका नगरपालिका–८ सेतीखोलास्थित माछापुछ«्रे सामुदायिक बनमा रुखमा झुण्डीएको अवस्थामा स्थानीयवासीले फेला पारेका थिए ।

 

डिएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । राउत गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा–२ को वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

पोखरा:  २१ औं संस्करणको लेखनाथ महोत्सव पुस पहिलो सातादेखि हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पुस ३ देखि १४ गतेसम्म २१ औं संस्करणको लेखनाथ महोत्सव हुन लागेको हो ।  लेखनाथ उद्य...

थप पढ्नुहोस्

सिमकोट: सिमकोट गाउँपालिका–५ को सिममा आज बिहान भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् ।  स्थानीय ५९ वर्षीय लक्ष्य रावत, उनकी ५५ वर्षीया श्रीमती बाँचु रावत र सिमकोट बस्दै आएकी सर्केगाड गाउँ...

थप पढ्नुहोस्

काठमाडौं:  बढ्दो माग र अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आज  सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार  आज एक तोला सुनको...

थप पढ्नुहोस्