आर्थिक समृद्धिका लागि सबै एकजुट हुनुपर्छ

पाेखरा | असोज १३, २०७९

आर्थिक समृद्धिका लागि सबै एकजुट हुनुपर्छ

पोखरा : दशैं ,तिहार, नेपाल सम्बत तथा  छठ पर्व २०७९को सन्दर्भमा पोखरा चेम्बर अफ कमर्स कास्कीले शुभकामना आदान प्रदान गरेको छ ।

 

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि सरोकारवालाको समान दायित्व भएको बताए । 

 

‘तीन खम्बे अर्थनीति अन्तर्गत निजीक्षेत्रले आर्थिक समृद्धिको लागि योगदान पु¥याएको छ,’उनले भने, ‘राज्यका निकायले निजीक्षेत्रलाई लगानीको वातावरण बनाउनेदेखि अनुदान, बैंक व्याजदरमा सहुलियत प्रदान गर्नु पर्छ ।’ उनले केही निर्माण व्यवसायीले विकास निर्माणको कामलाई समयमा सम्पन्न नगर्ने समस्या रहेको बताए । 

 

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले उद्योग व्यवसायको संरक्षण र प्रवद्र्धनको लागि स्थानीय प्रशासनले ध्यान दिने बताए । उनले चाड पर्वलाई लक्षित गरी स्थानीय प्रशासनले गर्ने सयुक्त अनुगमनलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले कानुनको प्रभावकारी कार्यान्वयनको लागि सक्रियता पूर्वक लाग्ने उल्लेख गरे । 

 

नेकपा (एमाले) जिल्ला कमिटी कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले कोभिड-१९को मारमा परेका उद्योग व्यवसायीलाई बंैक तथा वित्तिय संस्थाको चर्को व्याजदरको समस्या रहेको चर्चा गरे ।

 

गण्डकी प्रदेश चेम्बर अफ कमर्सका महासचिव देवराज शर्माले निजीक्षेत्र सवल भए राज्य सफल र समृद्ध बन्ने तर्क गरे । उनले निजी क्षेत्रले स्वच्छ, स्वस्थ व्यवसाय गर्नु पर्ने पक्षमा चेम्बर रहेको बताए । 


कार्यक्रममा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यमनाथ पौडेलले उद्योगी व्यवसायीको हक हितको लागि सामुहिक र संस्थागत रुपमा काम गर्ने चेम्बर तयार रहेको उल्लेख गरे ।

 

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका बस्तुगततर्फका उपाध्यक्ष उमराज बांस्तोला, महासचिव नवराज आचार्य, संस्थाका सल्लाहकार नन्द श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख शेषकान्त पौडेल,नेपाल औषधी व्यवसायी संघ गण्डकीका अध्यक्ष कृष्ण पाण्डे लगायतले उद्योगी व्यवसायीका समस्याको बारेमा बोलेका थिए । 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्