नाकामा घर फर्किनेको भीड

काठमाडाैं | असोज १२, २०७९

नाकामा घर फर्किनेको भीड

 

काठमाडौं । नेपालीहरुको महान् पर्व विजयादशमीका लागि भारतबाट फर्किनेको नाकामा घुइँचो लागेको छ । रोजगारीका लािग भारतमा रहेका नेपाली चाडपर्वका बेला घर फर्किन थालेपछि गड्डाचौकी नाकामा भीड लागेको हो । 

    

एक सातायता कञ्चनपुरको गड्डाचौकी नाकाबाट दश हजारभन्दा बढी नागरिक स्वदेश फर्किएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार एक दिनमा मात्रै एक हजारभन्दा बढी नागरिक भारतबाट नेपाल फर्किंदै छन् । सोमबार मात्रै एक हजार २० जना स्वदेश फर्किएका छन् भने मङ्गलबार एक हजार एक सय ६५ जना स्वदेश फर्किएका छन् ।

  

जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामसिंह चौधरीले नाकामा भारतबाट आउने नेपालीको भीड लागेको बताउनुभयो । “रोजगारीका लागि भारतमा रहेका नेपाली घर फर्किने क्रम बढेको छ, नाकामा भीडभाड छ”, उहाँले भन्नुभयो, “भीडभाड बढेपछि सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छौँ ।” उहाँले अहिले भारत जानेभन्दा नेपाल आउनेको सङ्ख्या बढी रहेको बताउनुभयो । 

  

 भारतबाट घर फर्किनेको चाप बढेपछि प्रहरीले आपराधिक गतिविधि न्यूनीकरणका लागि नाकामा तालीम प्राप्त कुकुर परिचालन गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीस्थित कुकुर शाखाबाट ‘लिली’ नामको कुकुरसहितको सुरक्षा टोली परिचालन गरिएको उहाँले बताउनुभयो । 

 

“चाडपर्व सुरक्षा योजनाअन्तर्गत नाकामा तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली परिचालन गरेका छौँ”, उहाँले भन्नुभयो, “भारतबाट आउने यात्रुको सुरक्षित यात्राका लागि र आपराधिक गतिविधि न्यूनीकरणका लागि नाकामा कुकुर परिचालन गरिएको हो ।”

    

उहाँले चाडपर्वका बेला हुने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको बताउनुभयो । उहाँका अनुसार लिलीले नियमित रुपमा नाकामा जाँच गर्ने बताउनुभयो ।

  

 भारतको हिमाञ्चलबाट घर फर्केका लम्कीचुहाका रामबहादुर भण्डारीले दसैँ  मनाउनका लागि घर फर्केको बताउनुभयो । “भारतको हिमाञ्चलमा रोजगारीका लागि गएको १० वर्षभन्दा बढी भइसक्यो, हरेक वर्ष दसैँ  मनाउन घर आउँछौँ”, उहाँले भन्नुभयो, “दसैँ तिहार मनाएर फेरि रोजगारिका लागि भारत फर्किन्छौँ, नेपालमा रोजगारी छैन ।”  भारतको दिल्ली, मुम्बई, महाराष्ट्र, पञ्जाब, बैङ्गलोर, सिमला, हिमाञ्चल, हरिद्वार लगायतका सहरमा नेपाली रोजगारीका लागि जाने गरेका छन् । 

    

भारतबाट आउनेमा विभिन्न रोग सङ्क्रमणको जोखिम रहेकाले नाकामै जाँचको व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भारतबाट फर्किनेहरु नाकामा कोरोना परीक्षण र खोप लगाउने डंङ्गु, मलेरिया जाँच भइरहेको छ । 

काठमाडौं:     नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रभावकारी भूमिका खेले नेपाली सुनचाँदी क्षेत्रमा विदेशी हस्तक्षेप रोकिने विज्ञहरुले बताएका छन् ।  महासंघको आज शुक्रबार काठमाडौंमा बसे...

थप पढ्नुहोस्

पोखरा:      पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् ।  क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्...

थप पढ्नुहोस्

पोखरा:     अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनर्स्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा...

थप पढ्नुहोस्