विश्व पर्यटन दिवस:  घान्द्रुकमा सरसफाई

पाेखरा | असोज ११, २०७९

विश्व पर्यटन दिवस:  घान्द्रुकमा सरसफाई

पोखरा  : विश्व पर्यटन दिवसको अवसरमा कास्कीको पर्यटकीय स्थल घान्द्रुकको विभिन्न स्थलमा वृहत सरसफाई गरिएको छ । 

 

कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा ४२ औं विश्व पर्यटन दिवसको अवसरमा सरसफाई गरिएको हो । 

 

कास्कीको पर्यटकीय स्थल घान्द्रुुकगाउँ वरपर रहेको फोहोरहरुले पर्यटकमा राम्रो सन्देश नदिने भएकाले सरसफाई अभियान थालिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताए । 

 

‘घान्द्रुक गाउँ पर्यटकको केन्द्र हो’  उनले भने ‘कास्कीको घान्द्रुकमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई फोहोरमा होइन सफासुग्घर स्थलमा स्वागत गर्न चाहान्छौं । यो अभियान अब निरन्तर सञ्चालन हुनेछ ।’ 

 

घान्द्रक पर्यटनहरुको रोजाईमा पर्ने भएकाले गाउँघर सफासुग्घर राख्न स्थानीयले सक्रियता देखाएपछि पर्यटन व्यवस्थापन समितिले सरसफाई कार्यलाई तिव्रता दिन थालेको हो । 

 

कास्कीको उत्तरी भेगमा पर्ने पर्यटकीय घान्द्रुक गाउँ हुदैं अन्नपूर्ण आधार शिविर, पुन हिल, घोडेपानी, टाडापानी लगायतको स्थानमा शाहसिक पदयात्रामा जान सकिन्छ । ढुंगेली गाउँ भनेर लोकप्रिय रहेको घान्दु्रक आन्तरि र बाह्य पर्यटकको रोजाई बन्दै आएको छ ।

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्